कीवर्डहरू -

नेपालको पहिलो आईटी कलेजका संस्थापक केजरीवालको निधन

नेपालको पहिलो आईटी कलेजका संस्थापक केजरीवालको निधन

नेपालको पहिलो सुचना प्रविधि कलेज लर्ड बुद्ध एजुकेसन फाउण्डेसनका संस्थापक परमानन्द केजरीवालको ६६ वर्षको उमेरमा निधन भएको छ । आईतबार काठमाण्डौंमा उनको असामयिक निधन भएको हो ।

केजरीवालको जन्म १२ जुलाई १९५५ मा जनकपुरधाममा भएको थियो । शिक्षाप्रेमी केजरीवालले नेपालमा आधुनिक शिक्षाको विकास गर्न सन् १९९८ मा लर्ड बुद्ध एजुकेसन फाउण्डेसनको स्थापना गरेका थिए ।

लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग आवद्ध भई नेपालमै सस्तो र सुलभ तरिकाबाट सुचना प्रविधि, व्यापार व्यवस्थापन र जैविक प्रविधि जस्ता अत्याधुनिक विषयहरुको पठन पाठन गर्दै आइरहेको छ ।

संस्थाले नयाँ किसिमको रोजगारीमुखी कार्यक्रमहरुको अवधारणालाई विशेष महत्वका साथ अवलम्बन गरेको छ ।