कीवर्डहरू -

साढे ३ घण्टापछि सुचारू भयो टेलिकमको मोबाइल सेवा

साढे ३ घण्टापछि सुचारू भयो टेलिकमको मोबाइल सेवा

नेपाल टेलिकमको मोबाइल सेवामा देखिएको प्राविधिक समस्या समाधान भएको छ । आज बिहानदेखि नेपाल टेलिकमको कोर नेटवर्कमा प्राविधिक समस्या आउँदा जीएसएम भ्वाइस नेटवर्कले काम गरेको थिएन ।

नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीका अनुसार आज बिहानदेखि टेलिकमको जीएसएम मोबाइल सेवामा देखिएको समस्या समाधान भएको छ ।

‘भीओएलटिईबाट भीओएलटिई कलमा समस्या थिएन्,’ जोशीले आइसिटी समाचारसँग कुरा गर्दै भने, ‘त्यो बाहेक अरू जीएसएम सिस्टममा समस्या थियो । अहिले समाधान भइसक्यो ।’

बिहानदेखि देशभर टेलिकमको पोष्टपेड र प्रिप्रेडमा दुबैमा यो समस्या देखिएको थियो । टेलिकमका प्रयोगकर्ताले बुधबार बिहानदेखि भ्वाइस सेवा प्रयोग गर्न पाएका थिएनन् ।

त्यसपछि टेलिकमको टेक्निकल टिमले समस्या समाधान गर्न काम गरिरहेको थियो । करिब साढे ३ घण्टापछि टेलिकमको मोबाइल सेवा सुचारू भएको हो । बिहान साढे ६ पौने ७ तिर आफुहरुले यो समस्या नोटिस गरेको जोशीले बताए ।