कीवर्डहरू -

माइक्रोसफ्ट एजबाट अब डिभाइसहरु बिचमा वेबपेज शेयर गर्न सकिने

माइक्रोसफ्ट एजबाट अब डिभाइसहरु बिचमा वेबपेज शेयर गर्न सकिने

माइक्रोसफ्ट एजले विभिन्न डिभाइसहरु बिचमा वेबपेज सेयर गर्न दिन थालेको छ । माइक्रोसफ्टले एजको पछिल्लो रिलिज सार्वजनिक गर्न थालेको छ र विभिन्न उपकरणमा ब्राउजर प्रयोग गर्नेहरुलाई यो फिचरले सहज पार्ने भएको छ ।

ट्याब सेयरिङ नामक फिचरले गर्दा तपाई कुनै वेबपेज कम्प्यूटरबाट पढिरहेको हुनुहुन्छ भने त्यसलाई ल्यापटप वा स्मार्टफोनमा पठाएर त्यहाँबाट पढ्न सुरु गर्न सकिन्छ ।

विन्डोज लेटेस्टका अनुसार यो फिचरको जाँच सुरुमा अप्रिलमा सुरु भएको थियो । अब यो विन्डोज र म्याक ओएस डिभाइसको लागि उपलब्ध रहेको छ ।

यो फिचरको पहुँच पाएपछि एड्रेस बारेमा ल्यापटप र स्मार्टफोनको आईकन देख्न सकिन्छ ।  त्यसमा गएर थिचेपछि तपाईले आफ्नो एज कहाँ कहाँ इन्स्टल गरेर लग इन गर्नुभएको छ त्यसको सूची देखाउने गर्दछ ।

एन्ड्रोइड र आईओएसमा नोटिफिकेसन ट्रेबाट कुनै पनि डिभाइसबाट पठाएको लिकं पहुँच गर्न सकिन्छ । विन्डोजमा यो फिचर एक्सन सेन्टरमा देखिन्छ । यो फिचर दुवै क्रोम र फायरफक्समा सन् २०१९ देखिनै रहेको छ ।