कीवर्डहरू -

फेसबुकको अडियो फिचर अमेरिकामा सार्वजनिक, के के छन् सुविधा ?

फेसबुकको अडियो फिचर अमेरिकामा सार्वजनिक, के के छन् सुविधा ?

फेसबुकले क्लबहाउस जस्तै सुविधा भएको अडियो फिचर अमेरिकामा सार्वजनिक गरेको  छ । अहिलेका लागि फेसबुकले यो फिचर अमेरिकामा भेरिफाई भएको क्रियटर र सेलिब्रेटीले रुम होस्ट गर्न मिल्ने गरी मात्रै ल्याएको हो ।

त्यसमा कम्पनीले केही पोडकास्ट पनि राखेको छ । यस फिचरले अडियो रुम बनाउनलाई दिने गर्दछ । कुराकानीहरु एपमा लाइभ स्ट्रीम हुने गर्दछ ।

एपले अब यो फिचरलाई न्यूजफिडमा सबैभन्दा माथि राख्नेछ । यसमा क्रियटर फ्रेन्डली फिचरहरु पनि राखिएको छ । रुममा प्रयोगकर्ताले स्टार पाएमा स्ट्रीमबाट पैसा कमाउन पनि सक्नेछन् ।

अरु साधारण प्रयोगकर्ताले भने रुममा जोइन गर्न पाउनेछन् र रुम होस्टले कसले बोल्न पाउने र नपाउने भनेर सञ्चालन गर्न सक्नेछन् । नियम तोड्नेलाई एपमा रिपोर्ट पनि गर्न सकिन्छ । धेरै जसो रुम फेसबुक ग्रुपको आधारमा पनि हुनेछ ।

फेसबुकले आफ्नो प्लेटफर्ममा पोडकास्ट पनि एड गरिरहेको छ । अब फेसबुक ब्राउज गर्दा प्रयोगकर्ताहरुले पोडकास्ट पनि सुन्न सक्नेछन् ।