कीवर्डहरू -

एनआईसी एशिया बैंकको टिकटक भिडियो प्रतियोगिता, एक भिडियोलाई १५ हजार पुरस्कार 

एनआईसी एशिया बैंकको टिकटक भिडियो प्रतियोगिता, एक भिडियोलाई १५ हजार पुरस्कार 

एनआईसी एशिया बैंकले टिकटक भिडियो च्यालेन्ज प्रतियोगिता गर्ने भएको छ । प्रतियोगितामा भाग लिनेले प्रति भिडियो १५ हजारका दरले पुरस्कार पनि जिन्तन सक्ने बैंकले जनाएको छ ।

डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्न भन्दै टिकटक भिडियो बनाउनेहरुलाई लक्षित गरेर यो प्रतियोगिता गर्न लागेको जनाएको छ ।

यस प्रतियोगितता २०७८ आषाढ ६ देखि साउन ५ सम्म सञ्चालन हुने छ । यस प्रतियोगितमा भाग लिन एनआईसी एशिया बैंकको आधिकारिक टिकटक पेज @NICASIABankOfficial मा बैंकले डिजिटल बैंकि प्रवद्र्धन तयार पारेको MoBank रौं’ थिमका ६ वटा फरक फरक जिंगलहरू प्रयोग गरेर सहभागी हुन सकिनेछ ।

यस प्रतियोगितामा सहभागीले प्रति भिडियो १५ हजार बराबरको आकर्षक उपहारहरू जित्न सक्नेछन् । एक जना सहभागीको एकभन्दा बढी भिडियोहरू छनौट भएमा १५ हजार रुपैयाँका दरले हुन आउने कुल रकम बराबरको आकर्षक उपहारको दिने बैंकले जनाएको छ ।

‘टिकटक भिडियो च्यालेन्ज’मा सहभागी हुन निम्न नियमहरू पालना गर्नुपर्ने छ ।

क. सहभागीले बैंकको आधिकारिक टिकटक पेज @NICASIABankOfficial फलो गर्नुपर्नेछ।

ख. सहभागीले आफूले बनाएको भिडियो आफ्नो टिकटक पेजमा ५ जना साथीहरूलाइ ट्याग एवं @NICASIABankOfficial, #nicasiabank, #mobankgarau समेत उल्लेख गरेर सार्वजनिक रुपमा शेयर गर्नुपर्नेछ ।

ग. माथि उल्लेखित प्रकृया पूरा गरेपछि अपलोड भएका ६ वटा थिमका भिडियोहरूमध्ये प्रत्येक थिममा सबैभन्दा बढी पटक हेरिएका एक-एक वटा भिडियो विजयी हुनेछन् ।

घ. विजेता बन्न योग्य हुनका लागि कुनै पनि भिडियो न्यूनतम १५ हजार पटक हेरिएको हुनुपर्नेछ ।

ङ. यसरी सहभागीले बनाएका भिडियोहरूलाई बैंकले आफ्नो प्रयोजनको लागि कुनै पनि समयमा प्रयोग गर्न सक्नेछ ।