आइतबार, १९ चैत, २०७९
Sunday, 02 April, 2023
Skip Advt.

इन्टरनेटबिना पनि निमा एकेडेमी एपबाट पढ्न सकिने

अब निमा एकेडेमीको मोबाइल एपबाट बिना इन्टरनेट पनि पढ्न सकिने भएको छ । विद्यार्थीहरुले निमा एकेडेमीमा भएका कन्टेन्टहरू डाउनलोड गरेर अफलाइनमा समेत प्रयोग गर्न सक्नेछन् । 

भिडियो, क्विज, असाइनमेन्ट, आर्टिकल, गेम अफलाइनमा मोडमा डाउनलो गरेर राख्न सकिने निमा एकेडेमीकी चिफ अपरेटिङ अफिसर नेहा जोशीले बताइन् । डाउनकोड गर्न भने इन्टरनेट उपलब्ध भएको हुनुपर्छ । त्यसपछि बिना इन्टनरेट नै कन्टेन्ट हेर्न, पढ्न र सुन्न सकिन्छ । 

कन्टेन्टहरु डाउनलोड गर्दा यसले मोबाइलको स्पेस लिदैन् र एपको मात्रै स्पेस लिन्छ । निमा एकेडेमीमा पाठ्यक्रम विकास केन्द्रबाट मान्यता प्राप्त कक्षा कक्षा १ देखि १० सम्मका कोर्षहरु राखिएको छ ।

निमा एकेडेमी मोबाइल एप र वेबसाइटबाट प्रयोग गर्न सकिन्छ । तर अफलाइन सुविधा भने एपबाट मात्रै लिन सकिन्छ । निमा एकेडेमीको मोबाइल गूगल प्ले स्टोर र एप्पल एप स्टोरमा उपलब्ध रहेको छ । 

निमा एकेडेमीले अहिले क्विज प्रतियोगिता समेत सञ्चालन गरिरहेको छ । क्विज विजेतालाई कम्पनीले आकर्षक गिफ्टको समेत व्यवस्था गरेको छ । 

निमा एकेडेमीमा कक्षा ११, १२ र त्यसभन्दा माथिका कोर्षहरु पनि राख्ने तयारी भएको जोशीले बताइन् । ‘त्यसमा अहिले काम भइरहेको छ,’ उनले आइसिटी समाचारसँग कुरा गर्दै भनिन्, ‘सायद त्यो कार्यक्रम अर्को वर्षसम्म सार्वजनिक हुन्छ होला ।’

‘निमा एकेडेमीमा हामीले पाठ्यक्रम अनुसारका कोर्ष बाहेक अन्य कोर्ष पनि लिएर आउँदै छौं,’ उनी भन्छिन्, ‘बच्चालाई कोर्षमा मात्रै सिमित नराखेर उनीहरुको चासोको विषयमा समेत हामीले कोर्ष विकास गर्दै छौं ।’

यदी कुनै पनि विद्यालयले निमा एकेडेमीको सुविधा लिएमा त्यसबाट शिक्षकले लाइभ कक्षा सञ्चालन गर्न, लाइभ टेष्ट लिन, बच्चाहरुको प्रगति थाहा पाउन सकिने छ । यसबाट शिक्षकले असाइनमेन्ट दिन मिल्ने छ । 

एपमा टेष्टको समेत सुविधा रहेको छ । निमा एकेडेमीमा निःशुल्क कोर्षहरु समेत उपलब्ध छन् । निमा एकेडेमीमा अकाउन्ट बनाएर यो निःशुल्क सुविधा लिन सकिने छ । 


 

सम्बन्धित समाचार