कीवर्डहरू -

अनप्याक कार्यक्रममा सामसङको नयाँ वेयर ओएस घडी सार्वजनिक हुने

अनप्याक कार्यक्रममा सामसङको नयाँ वेयर ओएस घडी सार्वजनिक हुने

सामसङको नयाँ वेयर ओएस घडी अनप्याक कार्यक्रममा सार्वजनिक हुने भएको छ । यस घडीमा नयाँ वेयर ओएसमा आधारित सफ्टवेयर पनि रहेको छ । यसको इन्टरप्लेसलाई वान यूआई वाच भनिन्छ ।

गूगलले यो नयाँ ओएसको बारेमा आई/ओ २०२१ मा बताएको थियो तर फिटबिट बाहेक कुन कम्पनीले यसको प्रयोग गर्छ भन्ने बारे कुनै पनि जानकारी रहेको थिएन् । फिटबिटले गूगलको नयाँ वेयर ओएस प्रयोग गरेर प्रिमियम स्मार्टवाच बनाउने भएको छ ।

सामसङले अहिलेसम्म रहेको स्मार्टवाचमा टाईजेन ओएसनै सपोर्ट गर्नेछ तर आउँदो सबै स्मार्टफोनमा नयाँ वेयर ओएसनै प्रयोग भएको हुनेछ ।

सामसङले हिजो भएको मोबाइल वल्र्ड कग्रेंस भर्चुअल कार्यक्रममा गूगल र सामसङको साझेदारीमा पहिलो ग्यालेक्सी वाच सार्वजनिक गर्ने खुलाएको थियो तर कम्पनीले हार्डवेयरको बारेमा खासै केही पनि जानकारी दिएको थिएन ।

गर्मीमा हुने अनप्याक कार्यक्रममा अरु वर्ष झैँ यो वर्ष कम्पनीले ग्यालेक्सी नोट सार्वजनिक नगर्ने हुँदा एउटा यूआई वाच सार्वजनिक गर्ने भएको छ । अगस्तको अनप्याक कार्यक्रममा सामसङले फोल्डेबल फोन पनि सार्वजनिक गर्न सक्ने भएको छ ।