कीवर्डहरू -

होन्डाले पहिलो विद्युतिय गाडी सन् २०२४ मा सार्वजनिक गर्ने 

होन्डाले पहिलो विद्युतिय गाडी सन् २०२४ मा सार्वजनिक गर्ने 

होन्डाको पहिलो विद्युतिय एसयुभीलाई प्रोलग भनिने भएको छ । रोशो नोटका अनुसार यो विद्युतिय गाडी सन् २०२४ को सुरुवातमा आउने भएको छ ।

होन्डाकै एक्युरा एसयुभी पनि सन् २०२४ मा नै कहिले सार्वजनिक हुनेछ । प्रोलगको फिचरका बारेमा कम्पनीले अहिले पनि खासै जानकारी दिएको छैन् ।

कम्पनीले दुवै प्रोलग र एक्युरामा जिएमको अल्टीयम ब्याट्रीनै प्रयोग गर्ने भएको छ । कम्पनीले विद्युतिय गाडीहरु नयाँ इ आर्किटेक्चर प्रयोग गरेर बनाउने पनि बताएको छ । प्रोलग होन्डाका लागि पछिल्लो समयमा सबैभन्दा महत्वपूर्ण गाडी हुने जनाइएको छ ।

कम्पनीले सन् २०४० सम्ममा पूर्ण रुपले आफ्नो व्यवसायलाई विद्युतिय गाडीमा परिणत गर्ने योजना राखेको छ । सन् २०३० सम्ममा पनि धेरै गाडीको ब्याट्री र हाइड्रोजन फ्यूल सेल हाल्ने कम्पनीले बताएको छ ।