कीवर्डहरू -

नागरिक एपमा झुटो विवरण दिए कारवाही हुने, यस्तो छ निर्देशिका

नागरिक एपमा झुटो विवरण दिए कारवाही हुने, यस्तो छ निर्देशिका

झुटो विवरण दिएर नागरिक एपमा दर्ता गरे कारबाही हुने भएको छ । सरकारले हालै स्वीकृत गरेको नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७८ मा झुटो विवरण दिएर नागरिक एपमा दर्ता गरे कारबाही हुने उल्लेख गरिएको छ ।

उक्त निर्देशिकामा लेखिएको छ, ‘आवेदकले झुटा विवरण दिई दर्ता गरे वा गराएमा वा सो एपमार्फत कुनै कार्य गरे, गराएमा त्यस्तो व्यक्तिलाई प्रचलित कानून बमोजिम कारबाही हुनेछ ।’

उक्त निर्देशिकामा नागरिक एपको सञ्चालन तथा नागरिक एपको माध्यमबाट सेवा प्रवाह गर्ने विषयमा समन्वय कायम गर्न एक समिति हुने बताइएको छ ।

त्यस्तै नागरिक एपबाट सेवा प्रदान गर्ने सम्बन्धमा प्राविधिक प्रबन्ध गर्न एक प्राविधिक समिति हुनेछ । साथै सरकारले यसअघि ल्याएको नागरिक मोबाइल एप्स सञ्चालन निर्देशिका २०७६ खारेज गरेको छ ।

हेर्नुहोस् निर्देशिकाको पूर्ण पाठ