कीवर्डहरू -

स्पोटीफाईले टिकेट काटेर इभेन्ट गर्न मिल्ने प्रणालीको व्यवस्था गर्दै

स्पोटीफाईले टिकेट काटेर इभेन्ट गर्न मिल्ने प्रणालीको व्यवस्था गर्दै

स्पोटीफाईले आफ्नो प्लेटफर्ममा टिकेट काटेर ईभेन्ट गर्न मिल्ने प्रणालीको व्यवस्था गर्ने भएको छ । यसले गर्दा कलाकारहरुले लाइभ कन्सर्टहरु स्पोटीफाईमै होस्ट गर्न पाउनेछन् । कम्पनीले दुवै भर्चुअल र लाइभ कन्सर्टका लागि टिकेट बेच्ने भएको छ ।

यसले व्यवसायलाई अझै विस्तृत बनाउने कम्पनीको आशा रहेको छ । यसले गर्दा कम्पनीको कलाकारहरुसँग सम्बन्ध पनि राम्रो हुने स्पोटीफाईले मानेको छ । आफ्नो प्लेटफर्म प्रयोग गरेर आर्टिस्टलाई पनि फाइदा हुने र अझै प्रख्याती बढ्ने स्पोटीफाईको भनाइ रहेको छ ।

केही दिन अघि स्पोटीफाईले पहिलनेनै रेकर्ड गरिएको द ब्ल्याक किज र लिओन बिज्रेजको भर्चुअल कन्सर्ट हालेको थियो र प्रति टिकेट १५ डलर लिएको थियो । यो फिचरलाई कम्पनीले कहिले ल्याउँछ भन्ने बारे केही पनि बताएको छैन् ।