कीवर्डहरू -

नेपालमा सार्वजनिक भयो सामसङ ग्यालेक्सी एम ३२, कति होला मूल्य ?  

नेपालमा सार्वजनिक भयो सामसङ ग्यालेक्सी एम ३२, कति होला मूल्य ?  

नेपाली बजारमा सामसङ ग्यालेक्सी एम ३२ सार्वजनिक भएको छ । ६.४ इन्च इन्फिनिटी यु एफएचडी प्लस सुपर एमोलेड डिस्प्ले भएको ग्यालेक्सी एम ३२ नेपालमा सार्वजनिक भएको हो ।

यो नयाँ स्मार्ट फोनले वास्तवमै नयाँ युवाहरुका मुभि, गेम, सोसल मिडिया जस्ता सम्पूर्ण आवश्यकताहरु लाई यो सहजै पूरा गर्न सक्ने कम्पनीले बताएको छ ।

सामसङ नेपालमा निरन्तर उत्कृष्ट फिचरहरुका साथ नयाँ नयाँ विशेषता युक्त स्मार्टफोनहरुको विकास गर्न लागि परेका सामसङ मोबाइल नेपालका विजिनेस हेड प्रणय रत्न स्थापितले बताए ।

उनले भने, ‘हामीले  मोन्स्टर लेगेसीलाई निरन्तरता दिन नयाँ  #BingeMonster को साथ उपस्थित भएका छौं, जसमा ब्राइटेस्ट तथा अझै शक्तिशाली डिस्प्ले, ६००० एमएएच ब्याट्री तथा  भर्साटाइट ६४ मेगा पिक्सलको  क्वाड रियर क्यामरा रहेको छ ।’

‘यसको उत्कृष्ट क्यामराले  फोटो तथा भिडियोहरु उच्चस्तरीय खिच्ने स्वतन्त्रता प्रदान गर्दछ,’ उनले भने, ‘यसमा भएका थुप्रै विशेषताहरुले यो डिभाइस आजका युवा एवं जेनजीहरु माझ अझै लोकप्रिय हुने छ र सोसल मिडिया इन्टरटेन्टमा नयाँ पुस्ताहरुलाई यो फोन उत्कृष्ट सावित हुने विश्वास लिएको छु ।’

९० हर्ज रिफ्रेस रेट भएको फोनमा क्वाड रियर क्यामेरा राखिएको छ । जसमा ६४ मेगापिक्सेल मुख्य सेन्सर, ८ मेगापिक्सेल अल्ट्रा वाइड सेन्सर, २ मेगापिक्सेल म्याक्रो सेन्टर र २ मेगापिक्सेल डेप्थ फिल्ड सेन्सर छन् ।

यसमा २० मेगापिक्सेल सेल्फी क्यामेरा राखिएको छ । एम ३२ मा ३० एफपीएसमा १०८० पीमा भिडियो खिच्न सकिन्छ । फोनमा मिडिया टेकको हिलोयो जी ८० प्रोसेसर प्रयोग गरिएको छ ।

एन्ड्रोइड ११ मा आधारित फोनमा ६ हजार एमएएचको ब्याट्री रहेको छ । साथै फोनले २५ वाट फास्ट चार्जिङ समेत सपोर्ट गर्छ ।

फोन ब्ल्याक, लाइट ब्लु तथा लेजर ग्रिन गरी ३ आकर्षक कलरहरुमा उपलब्ध यो फोनका दुई भेरियन्टहरु उपलब्ध छन् ।

४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज भएको ग्यालेक्सी एम ३२ को मूल्य २४ हजार ९९९ रूपैयाँ तोकिएको छ । त्यस्तै ६ जीबी र्याम र १२८ जीबी भेरियन्ट ग्यालेक्सी एम ३२ को मूल्य २७ हजार ९९९ रूपैयाँ तोकिएको छ ।

ग्यालेक्सी एम ३२ असार २३ गतेदेखि देशभरका आधिकारीक सामसङ ब्राण्ड स्टोरहरु  तथा रिटेल स्टोरहरुमा उपलब्ध हुनेछ ।