कीवर्डहरू -

वर्ल्डरेमिटबाट खल्तीमा पैसा प्राप्त गर्दा २०० रूपैयाँ बोनस पाइने 

वर्ल्डरेमिटबाट खल्तीमा पैसा प्राप्त गर्दा २०० रूपैयाँ बोनस पाइने 

वर्ल्डरेमिटबाट डिजिटल वालेट खल्तीमा रेमिट्यान्स पाउँदा २०० रूपैयाँ बोनस पाइने भएको छ । उक्त सुविधा अन्तर्गत पठाईएको रकम खल्तीबाट प्राप्त गर्ने व्यक्तिले २०० रूपैयाँ बोनस तुरुन्तै पाउनेछन् ।

वर्ल्डरेमिटसँगको यस सहकार्यले चौबिसै घण्टा ५० भन्दा बढी राष्ट्रहरुबाट नेपालमा रहेको व्यक्तिको खल्ती खातामा चाहे जति रकम सजिलै पैसा प्राप्त गर्न सम्भव बनाएको खल्तीले जनाएको छ । प्राप्त गर्ने व्यक्तिले खल्ती आइडी बनाइ केवाईसी भेरिफाइ भने गराएको हुनुपर्नेछ ।

खल्तीमा पैसा पठाएपछि केहि नगरी पैसा र बोनस स्वत: दुबै खल्तीमा लोड हुनेछ । यसको विवरण खल्ती एपको ट्रान्ज्याक्सन सेक्सनमा गइ सहजै हेर्न सकिन्छ ।

खल्तीको रेमिट्यान्स विभाग प्रमुख सौरभ राज पाण्डेले वर्ल्डरेमिट सँगको यो सहकार्यले संसारको जुनसुकै ठाउँबाट निर्वाद रुपमा सरल र झन्झटरहित तवरले पैसा पठाउन, पाउन, र व्यवसायलाइ झन्झटरहित तवरले अनलाइन भुक्तानी गर्न थप मद्दत मिल्ने बताए ।

उनले भने, ‘भरपर्दो, सस्तो, र छिटो सेवा भएकोले यो माध्यम धेरैको रोजाइमा पर्ने विश्वास हामीले राखेका छौँ ।’

त्यस्तै वर्ल्डरेमिटका दक्षिण एशियाका लागि कन्ट्री डाईरेक्टर रुजान अहमदले खल्ती सँगको यस सम्झौताले अब ग्राहकहरुलाई सहजै आफ्नो परिवार तथा आफन्तलाई पैसा पठाउन सजिलो बनाएको बताए ।

‘हरेक समुदायकाहरुलाइ वित्तीय सेवाको पहुँच दिलाइ आर्थिक समावेशीकरणको अभियानलाई प्रवर्धन गर्ने नेपालकै एक उदयमान डिजिटल वालेट खल्तीसंग सहकार्य गर्न पाउदा हामी उत्साहित छौँ,’ उनले भने, ‘हामी विश्वस्त छौँ कि यो सेवा ले विदेशबाट पठाईएको रकम नेपालमा खल्ती मार्फत प्राप्त गर्न धेरै सहज हुनेछ ।’

वर्ल्डरेमिटबाट खल्तीमा पैसा पठाउनको लागि भने वर्ल्डरेमिट एप लग इन गरि सेन्ड मनिमा ट्याप गर्ने र गन्तव्यमा नेपाल रोजी पठाउन चाहेको कुल रकम दाखिला गर्ने अनि अन्त्यमा मोबाइल मनी ट्रान्सफर भित्र खल्ती मोबाइल वालेट छान्न पाउने व्यक्तिको सम्पुर्ण विवरण भरी पठाउन सकिन्छ ।