कीवर्डहरू -

‘प्रकोप जोखिम व्यवस्थापनमा डिजिटलाइजेसन’ विषयमा डिजिटल संवाद हुँदै, यसरी हुनुहोस् सहभागी

‘प्रकोप जोखिम व्यवस्थापनमा डिजिटलाइजेसन’ विषयमा डिजिटल संवाद हुँदै, यसरी हुनुहोस् सहभागी

‘नेपालमा प्रकोप जोखिम व्यवस्थापनमा डिजिटलाइजेसन’ विषयमा डिजिटल संवाद आयोजना हुने भएको छ । असार १९ गते शनिबार साँझ ४ बजेदेखि डिजिटल संवाद हुने भएको हो ।

जुमबाट सञ्चालन हुने यो कार्यक्रममा वक्ताको रूपमा विभिन्न व्यक्तिहरु सहभागी हुनेछन् । कार्यक्रममा वक्ताको रूपमा राष्ट्रिय विपत जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलको उपस्थिति रहनेछ ।

त्यस्तै कार्यक्रममा वक्ताको रूपमा मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्याल र नेपाल प्रहरीको सञ्चार निर्देशनलाय पूर्व निर्देशक डिआईजी राजिव सुब्बाको उपस्थिती रहने छ ।

उक्त संवादमा हिमालय कन्जर्भेटिभ ग्रुप नेपालकी कार्यकारी निर्देशक डा. मनिता तिमिल्सिना तथा त्रिभुवन विश्वविद्यालयको वातावरणीय विज्ञान विभागका असिस्टेन्ट प्रोफेसर अम्रित शर्मा पनि सहभागी हुने छन् ।

साथै वक्ताको रूपमा विपत जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको विपद पोर्टलको प्राविधिक टिमबाट प्रदिय खतिवडाको समेत सहभागीता रहनेछ ।

कार्यक्रमको प्रत्यक्ष प्रसारण लिभिङ विथ आइसिटी र आइसिटी समाचारको फेसबुक पेजबाट हुनेछ । यदी तपाई पनि यो संवादमा सहभागी हुन् चाहनुहुन्छ भने यहाँ क्लिक गरी रजिष्टर गर्नुहोस् ।