कीवर्डहरू -

सामसङ ग्यालेक्सी एस २१ अल्ट्रा फाइभजीले पायो सर्वोत्कृष्ट स्मार्टफोनको उपाधि

सामसङ ग्यालेक्सी एस २१ अल्ट्रा फाइभजीले पायो सर्वोत्कृष्ट स्मार्टफोनको उपाधि

सामसङ ग्यालेक्सी एस २१ अल्ट्रा फाइभजीले गत सालको सर्वोत्कृष्ट स्मार्टफोनको उपाधि पाएको छ । जुन ३० मा भएको ग्लोबल मोबाइल अवार्ड कार्यक्रममा यो स्मार्टफोनलाई सर्वोत्कृष्ट स्मार्टफोनका रुपमा विजयी घोषित गरिएको थियो ।

यस विधाका निर्णायक समूहले अहिले सम्मकै सबैभन्दा राम्रो फिचरहरु भएको उत्कृष्ट स्मार्टफोन रहेको र यसमा एकदमै राम्रो क्यामेरा तथा एएमोएलईडी स्क्रीन रहेको बताएका थिए । एसपेन सपोर्ट गर्ने पनि यो पहिलो एस सिरिज हो ।

यही विधामा सामसङ ग्यालेक्सी एस २० एफई पनि सर्टलिस्ट भएको थियो जसमा एआईमा आधारित क्यामेरा र इन्फिनीटी–ओ १२० हर्ज डिस्प्ले रहेको छ । सामसङ ग्लोबल मोबाइल अवार्डले आफ्नो स्मार्टफोनलाई ध्यान दिएकोमा एकदमै खुशी रहेको बताएको छ ।

यो वर्षको ग्लोबल मोबाइल अवार्डको थिम कनेक्टेड इम्प्याक्ट रहेको थियो र सबै सहभागीहरुले यस थिमलाई सार्थक बनाएको अवार्ड आयोजकले बताएका छन् ।