कीवर्डहरू -

अमेरिकाका करिब २०० व्यवसायमा साइबर हमला

अमेरिकाका करिब २०० व्यवसायमा साइबर हमला

अमेरिकाका करिब २०० व्यवसायमा साइबर हमला भएको छ । साइबर सुरक्षा फर्म हन्ट्रेस ल्याबका अनुसार करिब २०० व्यवसायमा र्‍यान्समवेयर आक्रमण भएको छ ।

ह्याकरहरूले फ्लोरिडामा आधारित सूचना प्रविधि कम्पनी कासेयालाई निशाना बनाएको र त्यसपछि उक्त कम्पनीको कर्पोरेट प्रणालीबाट र्‍यान्समवेयर फैलिएको हन्ट्रेस ल्याबले बताएको छ ।

कासेयाले यो हमलाको अनुसन्धान गरिरहेको जनाएको छ । यस साइबर हमलाको पछाडि रूसको र्‍यान्समवेयर समूह ‘रेभिल’ हात हुन सक्ने हन्ट्रेस ल्याबले विश्वास गरेको छ ।

स्वतन्त्रता दिवसको सप्ताहमा आफ्ना व्यवसाय बन्द गर्नका लागि अमेरिकी कम्पनीहरूले तयारी गरिरहँदा शुक्रबार अपराह्न साइबर आक्रमण भएको हो ।