कीवर्डहरू -

नेपालको अग्रणी आइटी कम्पनी इन्फोडेभलपर्स १९ औं वर्षमा प्रवेश, यस्तो छ कम्पनीको दुई दशक यात्रा

नेपालको अग्रणी आइटी कम्पनी इन्फोडेभलपर्स १९ औं वर्षमा प्रवेश, यस्तो छ कम्पनीको दुई दशक यात्रा

नेपाल अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्स १८ वर्ष पुरा गरी १९ वर्षमा प्रवेश गरेको छ । इन्फो डेभलपर्स २०५९ साल असार २१ गते आजकै स्थापना भएको थियो ।

कम्पनीले १० भन्दा बढी अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरु, ५० बढी विदेशी कम्पनीहरु, १ हजार बढी सहकारी, २५ भन्दा बढी माइक्रोफाइनान्स र ४० भन्दा बढी सरकारी संघसस्थाहरुलाई प्रत्यक्षरुपमा सेवा दिइरहेको छ ।

१९ वर्षअघि सन् २००२ मा एउटा कोठाबाट केही हजार रुपैयाँको लगानीमा सुरु भएको कम्पनीले अहिले लाखौ मानिसलाई प्रविधिमैत्री डिजिटल सेवाहरुसँग जोडिरहेको छ । भने ३५० बढिलाई प्रत्यक्षरुपमा रोजगारी दिइरहेको छ ।

सुरुवाती दिनमा सहकारी तथा माइक्रोफाइनान्सलाई प्राथमिकतामा राखेर काम गरेको कम्पनीले पछिल्लो समय आफ्नो दायरा फराकिलो बनाउदै गइरहेको छ ।

कम्पनीले माइक्रोफाइनान्स तथा सहकारीका लागि कोर बैंकिङ सिस्टम, मोबाइल बैंकिङ, ब्रान्चलेस बैंकिङ, मर्चेन्ट बैंकिङ सिस्टम विकास गरी सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले विशेषगरी बैकिङरवित्तिय तथा क्यापिटल मार्केटको क्षेत्रलाई गुणस्तरिय सेवा प्रदान गर्दै आइरहेको छ ।

\"\"

आइएसओ ९००१ र २०१५ र आइएसओ सर्टिफिकेसन अफ सिबिएस समेत प्राप्त कम्पनीले अन्तराष्ट्रिय बजारमा समेत आफ्नो गुणस्तरिय सेवा विस्तार गरिरहेको छ ।

इन्फोडेभलपर्सका ८ वटा महत्वपूर्ण प्रडक्टहरू अहिले बजारमा छन् । मोबाइल बैंकिङ सेवा, इन्फो ट्याब(ब्रान्चलेस बैंकिङ), वित्तीय सेवा, इन्फिनिटी, एमडवली, इम्पावर लगायतका महत्वपूर्ण प्रडक्टहरूले नेपालका धेरै संघसस्थाहरुलाई डिजिटल युगमा रुपान्तरण हुन सघाउ पुर्‍याएको छ ।

कम्पनीले आन्तरिक राजश्व विभागको इलेक्ट्रोनिक फण्ड ट्रान्सफरको साथै लोकसेवा आयोग, कम्पनी रजिस्ट्रेशनको कार्यालय, सूचना विभाग लगायतमा पेमेन्ट गेटवेको सेवा प्रदान गरिरहेको छ ।

कम्पनीले हालसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न अवार्ड प्राप्त गरिसकेको छ । ख्यातिप्राप्त अन्तराष्ट्रिय संस्था एसोसिओले सन् २०१६ मा आउटस्ट्याण्डिङ आइसिटी कम्पनी अवार्डबाट कम्पनीलाई म्यानमारमा सम्मान गरेको थियो ।

पछिल्लो समय आइटी इन्जिनियरहरुसँगै विजनेश एनालिस्टहरुको लागि इन्फोडेभलपर्स एउटा महत्वपुर्ण गन्तब्य बनेको छ । यसैगरी कम्पनीले केही वर्ष अगाडि सफ्टवेयरको सोर्सकोड चोरीसम्वन्धी मुद्दा जितेर बौद्धिक सम्पत्तिको संरक्षण गर्न सबैलाई सचेत समेत बनाएको थियो ।

विदेशी सफ्टवेयरहरुको दवदवा रहेको नेपालमा स्वदेशी प्रडक्टमा विश्वास दिलाउन कम्पनीको प्रयास र भुमिका महत्वपुर्ण छ ।

नेपाली सफ्टवेयर कम्पनीलाई अझ सवल बनाउन, आवश्यक मापदण्ड निमापूर्ण गरी गुणस्तरिय प्रडक्टसँगै चुस्त सपोर्टमा काम गर्नुपर्ने कम्पनीका सिइयो उमेश रघुवंशी बताउछन् ।

सरकारले सफ्टवेयर क्षेत्रलाई एक उद्योगको रुपमा विकास गर्न यसको इकोसिस्टम बलियो बनाउन पहल गर्नुपर्ने रघुवंशीको भनाइ छ ।

इन्फोडेभलपर्सको दुइ दशक

हरेक कम्पनीको शुरुवात शून्यबाट भएझैं इन्फोडेभलपर्सको शुरुवात पनि २०५९ साल (सन् २००२) मा एउटा कोठाबाट भएको थियो ।

तीनजना मिलेर ६० हजार रुपैयाँ लगानीमा स्थापना भएको इन्फोडेभलपर्सको आज वार्षिक करोडौंको कारोबार रहेको छ ।

बैकिङ क्षेत्रको लोभलाग्दो करियर छोडेर उमेश रघुवंशी आइटी उद्यमी बन्ने हुटहुटीले आइटी कम्पनी स्थापना भएको थियो । अरु २ जना साथीहरुको साथसँगै आइटीमार्फत समाज र देशलाई परिवर्तन गर्न सकिने उनको सपना र मेहनतले आज सार्थक रुप लिइरहेको छ ।

३ सय ५० भन्दा बढीलाई रोजगारी दिएर वार्षिक करोडौको कारोबार गर्दै आइसिटी क्षेत्रमा फराकिलो बाटो कोरिरहेको छ इन्फोडेभलपर्सले ।

\"\"

कम्पनीले शुरुवाती चरणमा आफ्नै स्वलगानीमा विभिन्न प्रडक्टको विकासको थालनी गरेको थियो । त्यही सन्दर्भमा विकास गरिएको ‘फर्मा प्रो’ नामक एकाउन्टिङ सफ्टवेयर बजारमा आउन सकेन ।

तैपनि यो असफलताबाट कत्ति पनि विचलित नभई अरू महत्वपूर्ण र प्रडक्टको विकासमा क्रियाशील भएको यस कम्पनीले सहकारीको लागि फिनसिस सफ्टवेयर बजारमा ल्यायो ।

फिनसिसको सफलताले अरू बैंकिङ सोलुसन ल्याउने ऊर्जा कम्पनीलाई दियो । विस्तारै आर्थिक रूपमा सबल हुन थालेको कम्पनीले आवश्यक सफ्टवेयर इन्जिनियरहरु पनि राख्न थाल्यो ।

भुटानमा ४ वटा लघुवित्त संस्थाहरुले सीबीएस सोलुसन प्रयोग गरिरहेका छन । भारतका फिनटेक संस्थाहरुको लागि सफ्टवेयर सेवा समेत उपलब्ध गराउदैछ । यसैगरी अमेरिकी संस्थाहरुको लागि एआईमा आधारित एप्लिकेसन उपलब्ध गराएको छ ।

बैंकिङ क्षेत्रको बढ्दो माग तथा प्रविधिमैत्री हुनका लागि यस संस्थाले केन्द्रिकृत सूचना व्यवस्थापनको अवधारणा अवलम्बन गरी केन्द्रिकृत वेबबेस्ड बैंकिङ सोलुसन्स प्रयोगमा ल्याएको थियो । यो सोलुसन्स क्लाउड र नन-क्लाउड दुवैका लागि उपलब्ध छ । टिमका सबै साथीहरूको मेहनतपछि कम्पनी सफलताको यात्रामा विस्तारै लम्कँदै गयो ।

कोर बैंकिङ सिस्टमको विकास तथा वितरणसँगै इन्फोडेभलपर्स आन्तरिक राजस्व विभाग, सेभ द चिल्ड्रेन, लोक सेवा आयोग, नेपाल बैंक, नागरिक लगानी कोष जस्ता सरकारी र गैरसरकारी एजेन्सीका राष्ट्रियस्तरका सफ्टवेयर प्रोजेक्टमा आबद्ध भयो ।

यसैगरी सरकारी र गैरसरकारी संस्थाहरुको लागि कम्पनीले केन्द्रीकृत होस्टिङमा आधारित वित्तिय सेवा डटकम सञ्चालनमा ल्याएको छ ।

यस होस्टिङ प्रणालीमा विभिन्न सहकारी, लघुवित्त संस्थाहरु आवद्ध भएका छन । यसको अतिरिक्त यस संस्थाद्धारा विकास गरिएको पोर्टफोलियो म्यानेजमेन्ट सिस्टम देशका धेरैजसो पोर्टफोलियो म्यानेजरहरुले सफलतापुर्वक प्रयोग गरिरहेका छन ।

आज यस कम्पनीले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र ट्याब्लेट बैंकिङ मार्फत अनलाइन तथा अफलाइन ब्रान्चलेस बैंकिङ सेवा विभिन्न कमर्सियल बैंक र माइक्रोफाइनान्सहरुले सफलतापुर्वक प्रयोग गरिरहेका छन । यसका अतिरिक्त संस्थाले आफ्नो सेवा नेपाल वाहिर भुटान, भारत तथा अमेरिकामा पनि विस्तार गरेको छ ।

\"\"

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा आफ्नो अत्कृष्ट प्रडक्ट तथा सेवाहरुले ख्याती कमाइरहेको कम्पनीको उपलब्धीले सफ्टवेयर उद्योगको विकासमा महत्वपुर्ण टेवा पुर्याएको छ । राम्रो सिक्ने, काम गर्नेसँगै इप्लोइफ्रेन्डली वातावरणले पनि इन्फोडेभलपर्स दक्ष जनशक्तिको केन्द्र बनिरहेको छ ।