कीवर्डहरू -

अन्तरिक्षमा परीक्षण गरियो सिआरआईएसपिआर जिन एडिटिङ

अन्तरिक्षमा परीक्षण गरियो सिआरआईएसपिआर जिन एडिटिङ

अन्तरिक्षमा सिआरआईएसपिआर जिन एडिटिङले कसरी काम गर्छ भनेर परीक्षण गरिएको छ । अन्तरिक्ष यात्री क्रिस्टीयाना कोच र अरु वैज्ञानिकहरुले मिलेर सिआरआईएसपिआर– क्यास ९ जिन एडिटिङ पृथ्वीमा मात्रै नभएर अन्तरिक्षमा पनि काम गर्ने प्रमाणित गरेका छन् ।

उनीहरुले यो नयाँ प्रक्रियाले डिएनएलाई कसरी नोक्सान पुर्‍याउँछ र माइक्रोग्राभिटीमा आफै कसरी मर्मत हुन्छ भनेर देखाएका थिए । यसभन्दा पहिले प्राविधिक र सुरक्षाको चिन्ताले यो अन्वेषण गरिएको थिएन ।

यस परीक्षणमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनान यिस्ट सेल कलचरमा हानिकारक डबल स्ट्राण्ड निर्माण गरिएको थियो ।

यो परीक्षण केही समय पहिलेनै गरिएको थियो तर यसको परिणाम हालैमा मात्रै आएको छ । यस परीक्षणले मान्छेलाई मङ्गल ग्रहमा जाने संभावना अझै बढाउँने छ।