कीवर्डहरू -

गूगलले प्ले स्टोरबाट हटायो फेसबुकको पासवर्ड चोर्ने चर्चित एन्ड्रोइड एप

गूगलले प्ले स्टोरबाट हटायो फेसबुकको पासवर्ड चोर्ने चर्चित एन्ड्रोइड एप

गूगलले फेसबुकको पासवर्ड चोर्ने चर्चित एन्ड्रोइड एपहरु आफ्नो प्ले स्टोरबाट हटाएको छ । एपहरु गोपनीयता नीतिका विरुद्ध गएकाले गूगलले प्ले स्टोरबाट हटाएको हो ।

गूगलले डा. वेब विश्लेषक प्रयोग गरेर नौ ओटा एपहरुमा ट्रोजन रहेको र फेसबुक लगइन विवरण चोरिरहेको पत्ता लगाएको छ ।

मालवेयर एपहरु करिब ५.८ मिलियन डाउनलोड भएका थिए । ती ट्रोजनहरुको नाम होरोस्कोप डेली, रब्बिस सेन्टर लगायतका थिए ।

ती एपहरुमा पाँच प्रकारका मालवेयर रहेका थिए । यी एपहरुले अथोराईजेसनको बेलामा कुकीज चोर्ने गर्दथ्य । यी एपहरुले साच्चिकैको फेसबुक साइन पेज लोड गरेर प्रयोगकर्ताहरुलाई ईमेल र पासवर्ड हाल्न लगाउने जनाइएको छ ।

यस्तो एपमा ह्याकरहरु सजिलै अरु इन्टरनेट सेवा तर्फ पनि लाग्न सक्ने गूगलले पाएको छ । यी सबै मालवेयरहरुको एउटै जाभास्क्रीप्ट कोड रहेको थियो ।