कीवर्डहरू -

स्मार्टडोकोको मनसुन अफर, सामानमा ७३ प्रतिशतसम्म छुट

स्मार्टडोकोको मनसुन अफर, सामानमा ७३ प्रतिशतसम्म छुट

ई-कमर्स कम्पनी स्मार्ट डोकोले ‘स्मार्टडोको मनसुन अफर’ ल्याएको छ । यो अफर अन्तर्गत ग्राहकहरुले १५ सयभन्दा बढीको सामान खरिदमा हरेक दिन एउटा सामसुङ घडी जित्ने मौका पाउनेछन् ।

कम्पनीले हिमालयन बैंकका प्रि–पेड र क्रेडिट कार्ड प्रयोगकर्ताका लागि १५ प्रतिशत क्यास ब्याक (बढीमा पाँचसय रूपैयाँ) पाइने जनाएको छ ।

स्मार्ट डोकोले मनसुन र समरका सामग्रीहरु तथा इलेक्ट्रोनिक्स, बेबी प्रडक्ट, किचन वेयर र अन्य कैयौं सामानमा ७३ प्रतिशतसम्म छुट दिएको बताएको छ ।

स्मार्ट डोकोले सासमुङ, भिडियोकोन, हाइसेन्स, डा. ब्राउन, क्रेन, बीबीलुभ, सीजी जस्ता ब्रान्डहरुमा आकर्षक अफर समेत ल्याएको छ ।

ग्राहकले विभिन्न प्रकारको क्याटेगोरी र सब–क्याटेगोरीमा १० हजार भन्दा बढी प्रडक्टहरु खरिद गर्न सक्नेछन् । जहाँ ग्राहकले सजिलैसँग बेबी केयर इलेक्ट्रोनिक्स फूड र ग्रोसरी, कोभिड अत्यावश्यक सामग्री, स्वास्थ्य र सुन्दरता, होम एण्ड लिभिङ र अन्य प्रडक्टहरु सजिलै किन्न सक्नेछन् ।

स्मार्ट डोकोका ग्राहकले चक्रपथभित्र निःशुल्क डेलिभरी (न्यूनतम २५० रुपैयाँको खरिदमा) र चक्रपथ बाहिर तथा काठमाडौं उपत्यका बाहिर न्यून डेलिभरी शुल्कमा सामान प्राप्त गर्न सक्नेछन् । यो अफर २०७८ असार २२ गते देखि २०७८ असार २६ गते सम्म मान्य हुनेछ ।