कीवर्डहरू -

अन्वेषकले निर्माण गरे कोषहरुको थ्रीडी इमेज लिने उपकरण

अन्वेषकले निर्माण गरे कोषहरुको थ्रीडी इमेज लिने उपकरण

अन्वेषकहरुले माइक्रोस्कोपलाई रेट्रोफिट गरेर वास्तविक समयमै कोषहरुको थ्रीडी इमेज लिने उपकरण बनाएका छन् ।

यूटी साउथवेस्टर्नका वैज्ञानिकहरुले एकमै साधारण र सस्तो उपकरण बनाएका छन्, जसले थुप्रै एङ्गलमा फोटो खिच्ने गर्दछ र यसलाई ल्याब माइक्रोस्कोपमा रेट्रोफिट गर्न सकिन्छ ।

यसमा माइक्रोस्कोपको क्यामेरा भन्दा अगााडि दुई ओटा घुम्ने ऐना राखिएको हुन्छ जसले अरु बेला टूडी देखि  थ्रीडीमा बदलिने समयमा भन्दा १०० गुणा छिटो परिणाम दिने गर्दछ ।

अहिले यो प्रक्रियामा एउटा स्पेसीमेनको सयौँ फोटो लिनुपर्छ जुन ग्राफिक सफ्टवेयर प्रोग्रामको ईमेज स्टाकमा अपलोड गर्न सकिन्छ । त्यसपछि कम्प्यूटेसन गरेर मल्टिपल भ्यूइङ परिप्रेक्ष्यमा परिणत गरिन्छ ।

एकदमै शक्तिशाली कम्प्यूटरहरुमा पनि यी दुई चरणमा एकदमै समय लाग्ने गर्दछ तर अप्टिकल उपकरण प्रयोग गरेमा धेरै समय बच्ने पाइएको छ । यो खोजले पछिको परीक्षणहरुलाई पनि सहयोग पुगाउने देखिएको छ ।