कीवर्डहरू -

यस्ता छन् एनसेल एप चलाउँदा निःशुल्क पाइने थप सुविधाहरु

यस्ता छन् एनसेल एप चलाउँदा निःशुल्क पाइने थप सुविधाहरु

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले प्रयोगकर्ताको सहजताका लागि मोबाइल एपमा विभिन्न सुविधा उपलब्ध गराइरहेको छ । एनसेल प्रयोगकर्ताले एनसेल एप चलाउँदा विभिन्न अतिरिक्त सुविधा पाउने जनाएको छ ।

सेल एप प्रयोग गर्दा तपाईले विभिन्न सुविधाहरु पाउनु हुन्छ । एनसेल एप आफ्नो एनसेल नम्बरबाट लगइन गर्न सकिन्छ ।

एनसेल एप पहिलो पटक प्रयोग गर्दा १ जीबी डेटा र दैनिक १० वटा एसएमएस निःशुल्क पाउन सकिन्छ । साथै एपबाट प्याक खरिद गर्दा डबल अफर समेत पाइने एनसेलले जनाएको छ ।

एनसेलको एप निःशुल्क प्रयोग गर्न सकिन्छ । एप प्रयोग गर्दा कुनै पनि डेटा लाग्दैन् । त्यस्तै एपबाट निशुल्क कल विवरण समेत हेर्न, ब्यालेन्स चेक गर्न, डेटा चेक गर्न, ब्यालेन्स ट्रान्फर गर्न, साथीको अकाउन्टमा रिचार्ज गर्न, कुनै पनि सेवा एक्टिभेट गर्न सकिन्छ ।

त्यसैगरी एपबाट आफ्नो नजिकका एनसेल सेन्टर, शप, पोइन्ट अफ सेल्स पत्ता लगाउन सकिन्छ । यी बाहेक एपमा भएका अन्य सेवाको जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।

एनसेल मोबाइल एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् भने आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।