कीवर्डहरू -

जुम जस्तै चिनिया नयाँ एप ‘झुमु’ सार्वजनिक

जुम जस्तै चिनिया नयाँ एप  ‘झुमु’ सार्वजनिक

नयाँ भिडियो कन्फेरेन्सीङ एप झुमु सार्वजनिक भएको छ । एप्पलको एप सटोरमा चीनको झुम भिडियो कन्फेरेन्सिङ एप सार्वजनिक भएको हो ।

यसमा रहेको स्क्रीन सेयरिङ फिचर पनि राम्रो रहेको बताइएको छन् । सुईरुईको लिमिटेडद्वारा निर्माण गरिएको यो भिडियो कन्फेरेन्सिङ एप अहिलेका लागि आईओएसमा मात्रै उपलब्ध रहेको छ ।

यसमा सजिलै मिटिङ सेट गरेर अरु मान्छेहरुलाई इन्भाईट गर्न सकिन्छ । आईओएस डिभाइसमा एयरप्ले प्रयोग गरेर स्क्रीन सेयर गर्न सकिन्छ ।

त्यस्तै एपमा सजिलै सेफ ड्राइभिङ मोडमा स्वीच गर्न सकिने पनि कम्पनीले बताएको छ । आईफोन, आईप्याड र आईपोड टचमा यो एप इन्स्टल गर्न कम्तीमा आईओएस ७.० चाहिन्छ । त्यस्तै म्याकमा म्याक ओएस ११.० र एप्पल एम वान चिप चाहिने गर्दछ ।

११०.५ एमबीको यो एप अङग्रेजी, जर्मन, इटालियन, ज्यापनिज, पर्टुग्युगिज, रुसी, साधारण र पुरानो चाईनिज र स्पाेनिस भाषामा प्रयोग गर्न सकिने कम्पनीको भनाइ रहेको छ । एपले तपाईको कुनै जानकारी स्टोर गर्दा पनि स्वीकृति माग्ने बताएको छ ।