कीवर्डहरू -

देशभरका सबै मालपोत कार्यालय अब अनलाइन प्रणालीमा 

देशभरका सबै मालपोत कार्यालय अब अनलाइन प्रणालीमा 

बुधबारदेखि नेपालका सबै मालपोत कार्यालयहरु अनलाइन प्रणालीमा गएका छन् । असार २३ गतेदेखि देशभरका १२६ वटा मालपोत कार्यालय अनलाइन प्रणालीमा गएका हुन् ।

यसअघि अनलाइन प्रणालीमा नजोडिएका डोल्पा, मुगु, रुकुम पश्चिम, मनाङ्ग, मझगवा रुपन्देही, मजुवाबजार गुल्मी, सिर्दिबास गोर्खा र खोटांग बजार स्थित ८ मालपोत कार्यालयहरुमा बुधबार भर्चुअल माध्यमबाट भू-अभिलेख सूचना व्यवस्थापन प्रणाली शुरू गरेसँगै सबै मालपोत कार्यालयहरु अनलाइन प्रणालीमा गएका हुन् ।

गत बर्ष सम्म १०८ मालपोत कार्यालयहरुमा यो प्रणाली संचालनमा आएको थियो । भने बाँकी रहेका १८ कार्यालयमा पनि यो सेवा विस्तार गरिएको हो ।

२०७२ साल साउन २५ गते पहिलो पटक मालपोत कार्यालय कलंकीबाट अनलाइन सेवा शुरू गरिएको थियो । सबै मालपोत कार्यालय प्रविधिमा गएसँगै अब जग्गा प्रशासनमा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेष नारायण पौडेलले बताए ।