कीवर्डहरू -

ट्रम्पले ट्विटर, फेसबुक र युट्युब विरुद्ध अदालतमा मुद्दा हाल्ने

ट्रम्पले ट्विटर, फेसबुक र युट्युब विरुद्ध अदालतमा मुद्दा हाल्ने

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विटर, फेसबुक र युट्युब विरुद्ध मुद्दा हाल्ने भएका छन् । उनले बुधबार यी तीन कम्पनी र त्यहाँको सिईओहरु विरुद्ध मुद्दा दायर गर्ने बताएका हुन् ।

बुधबार न्यू जर्सीमा आयोजना गरिएको प्रेस कन्फेरेन्सलाई सम्बोधन गर्दै उनले यस्तो जानकारी दिएका हुन् । उनले यो एपहरुको प्रतिबन्ध लगाउने, बोल्ने स्वतन्त्रता खोस्ने र क्यानसिल गर्ने प्रवृत्तिको अन्त्य गर्ने प्रतिबद्धता पनि जनाएका थिए ।

उनको टिमले फ्लोरिडामा केस दायर गर्ने निर्णय गरेका छ । टेक जायन्टहरुको उनी प्रतिको व्यवहार असंवैधानिक रहेको पनि ट्रम्पले आरोप लगाएका छन् ।

फेसबुक र ट्वीटरले आफ्नो टर्म्स अफ सर्भिसमा कम्पनीको विरुद्ध कुनै मुद्दा हाल्नुपरेमा क्यालिफोर्नियाको केही कोर्टमा मात्रै हाल्न पाइन्छ ।

जनवरी ६ देखि ट्रम्पलाई दुवै ट्वीटर र फेसबुकले  प्रतिबन्ध लगाएका थिए । फेसबुकले कम्तीमा पनि सन् २०२३ सम्म ट्रम्पलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।