कीवर्डहरू -

आउटलुकबाट जीमेलमा अटोमेटिक यसरी फरवार्ड गर्नुहोस् इमेल

आउटलुकबाट जीमेलमा अटोमेटिक यसरी फरवार्ड गर्नुहोस् इमेल

प्रविधिको युगमा इमेल एउटा सञ्चारको सशक्त माध्यम भएको छ । जीमेल, आउटलुक, जोहो, आईक्लाउड मेल लगायतका इमेल सेवा प्रदायक छन् ।

तर केही प्रयोगकर्तालाई आउटलुक भन्दा जीमेल नै प्रयोग गर्न सहज लाग्छ । विश्वमा धेरै प्रयोग गरिने इमेल प्रदायक पनि जीमेल हो ।

आउटलुक प्रयोगकर्ता जीमेलमा सीफ्ट हुन चाहेमा इमेल अटोमेटिक रुपमा आउटलुकबाट जीमेलमा फरवार्ड कसरी गर्ने भनेर आज हामी जानकारी दिदै छौं ।

यसका लागि सर्वप्रथम आउटलुक खोलेर मुभ सेक्सनमा गएर होम ट्याब मा जानुपर्छ । त्यसपछि रुल्स अप्सनमा गएर म्यानेज रुल्स एण्ड अल्टर्स भन्ने अप्सनमा जानुपर्छ ।

यति गरेपछि न्यू रुल अप्सनमा क्लिक गर्नुपर्छ र स्टार्ट फ्रम ब्लाङक अप्सनमा क्लिक गर्नुपर्छ । त्यस अन्तर्गत अप्लाई रुल अन मेसेज आई रिसिभ भन्ने अप्सनमा थिच्नुपर्छ र नेक्स्ट मा क्लिक गर्नुपर्छ ।

त्यसपछि तपाईलाई कुन खालको मेसेज फरवार्ड गर्नुछ भनेर सेलेक्ट गर्नुपर्छ र नेक्स्ट मा क्लिक गरेर कन्फर्म गर्नुपर्छ ।

यति भएपछि आएको नयाँ विन्डोमा फरवार्ड इट टू पिपल ओर पब्लिक ग्रुप भन्ने अप्सनमा क्लिक गर्नुपर्छ ।अनि फरवार्ड गर्नुपर्ने कन्टयाक्टको ईमेल एड्रेस हाल्नुपर्छ ।

त्यसपछि रुललाई आफूले चाहे अनुसारको नाम दिनुपर्छ । त्यसपछि टर्न अन क्लिक गरेर फिनिस अप्सनमा थिच्नुपर्छ ।