कीवर्डहरू -

एआई प्रविधियुक्त सामसङका वासिङ मेसिन नेपालमा

एआई प्रविधियुक्त सामसङका वासिङ मेसिन नेपालमा

सामसङले पहिलो पटक बहुभाषी प्रयोगकर्ता इन्टरफेसको साथ एआई प्रविधियुक्त वासिङ्ग मेसिन नेपाली बजारमा ल्याएको छ । फुल–अटोमेटिक फ्रन्टलोड बासिङ्ग मेसिनमा इकोबब्बल प्रविधिको संयोजन गरिएको छ ।

यसले गर्दा कपडालाई ४५ प्रतिशत थप सुरक्षा प्रदान गर्ने कम्पनीको दाबी छ । यो नयाँ मोडेलमा हाइजिन स्टिम प्रविधिको प्रयोग गरिएको छ, यस प्रविधिले ९९.९९ प्रतिशत ब्याक्टेरिया तथा एलर्जिनहरु हटाउन सक्छ ।

सामसङले कस्टोमाइज गरिएको मेसिनहरु ३ विभिन्न भेरियन्टहरुमा उपलब्ध गरेका छन् । यसमा ग्राहकले आफू अनुकुल कस्टमाइज लन्ड्री प्रोसेस तय गर्न सक्नुहुनेछ ।

यसमा भएको स्मार्ट इन्टरनेट अफ थिङ्गसले इन्टरनेटको माध्यमबाट सामसङको स्मार्ट डिभाइसहरु तथा भ्वाइस डिभाइसहरु अलेक्सा र गुगल होमसँग कनेक्ट गर्न सकिने छ ।

नयाँ सामसङ वासिङ्ग मेसिन नयाँ डिजाइनको साथ जग डायल कन्ट्रोल युक्त युजर फ्रेन्ड्ली स्लीक डिजिटल इन्टरफेसको साथ उपलब्ध रहेको छ ।

डिजिटल इन्भर्टर टेक्नोलोजिले कम बिजुली खपत गर्नुका साथै कम आवाज निकाल्दछ । अटो डिस्पेन्स प्रविधिले निश्चित रुपमा डिटरजेन्ट तथा सफ्टनरको प्रयोग गर्दछ ।

यसले १ महिनासम्मको लागि पर्याप्त हुने डिटरजेन्ट भण्डारण समेत गर्दछ । यी वासिङ्ग मेसिनहरु नेपालमा १ लाख ९ हजार ९९० रूपैयाँदेखि उपलब्ध रहेका छन् ।