कीवर्डहरू -

अनलाइनबाटै यसरी सजिलै अरूलाई पठाउनुहोस् ठूलो साइजको फाइल

अनलाइनबाटै यसरी सजिलै अरूलाई पठाउनुहोस् ठूलो साइजको फाइल

तपाईले आफन्त, परिवार वा साथिभाइलाई ठूलो साइजको फाइल पठाउन चाहनु भएको छ । तर इमेल वा अरु कुनै माध्ययमबाट पठाउँदा सिमित साइज मात्र पठाउन मिलेर समस्यामा हुनुहुन्छ ।

यदी तपाईले ठूलो साइजको फाइललाई कसरी पठाउने भनेर सोची रहनु भएको छ ? त्यसो हो भने आज हामी तपाईलाई ठूलो साइजको फाइल कसरी पठाउने भनेर जानकारी दिदैछौं ।

यस्ता छन् ठूलो साइजको फाइलहरु पठाउने तरिका

फायरफक्स सेन्ड- तपाईले फायरफक्स सेन्डको माध्यमबाट फाइल अपलोड गरेर सजिलै अरुलाई पठाउन सक्नुहुन्छ । जसको लागि send.firefox.com मा जानुहोस । तपाईले फायरफक्स सेन्डको मोबाइल एप पनि डाउनलोड गर्न सक्नुहुनेछ ।

send.firefox.com मा गएपछि १ जीबी सम्मको फाइल अपलोड गरेर त्यस फाइलको लिंक अरुलाई पठाउन सक्नुहुन्छ । भने १ जीबी भन्दा ठूलो साइजको फाइल अपलोड गर्न तपाईले साइनअप गर्नुपर्ने हुन्छ । साइनअप गरेपछि तपाईँले २.५ जीबी सम्मको फाइल अपलोड गर्न सक्नुहुनेछ ।

यसमा सुरक्षाको लागि इन्ड टु इन्ड इन्क्रिप्सन सुरक्षा प्रणाली प्रयोग गरिएको छ । जसले गर्दा पठाउने मान्छे र पाउने मान्छेले मात्रै फाइलमा पहुँच राख्न सक्छ । यसमा फाइललाई पासवर्ड राखेर सुरक्षित पनि गर्न सकिन्छ ।

त्यहाँ तपाईलाई त्यो फाइल कतिजनाले डाउनलोड गर्ने हो र कति दिन सम्म यो फाइल राख्ने हो भनेर आफैले छनौट गर्न सकिन्छ । त्यसपछि फाइलको लिंक कपी गरेर अरुलाई पठाउन सकिन्छ ।

त्यस्तै तपाईले क्लाउड स्टोरेजमा राखेर पनि फाइल अरुलाई पठाउन सक्नु हुनेछ । जस्तै आइ ड्राइभ , गूगल ड्राइभ , माइक्रोसफ्ट वान ड्राइभ तथा सर्टेन सेफ लगातयका लोकप्रिय क्लाउडमा राख्न सकिन्छ । जस्तै कसैलाई २५ एमबी भन्दा ठूलो साइजको मेल जीमेलबाट पठाउन गूगल ड्राइभको प्रयोग गर्न सकिन्छ ।

त्यसैगरी तपाईंले ठुलो प्रकारको फाइल वेबसाइटमा राखेर पनि अरुलाई पठाउन सक्नुहुनेछ । फाइल अपलोड गरेर पठाउन मिल्ने वेबसाइट वी ट्रान्सफर , ड्रप सेन्ड , फाइल मेल माई एयर ब्रिज लगायतका साइटबाट फाइल पठाउन सकिन्छ ।

यी साइटबाट फाइल सिधै इमेल ठेगानामा पठाउन वा लिंक मात्रै पनि कपी गरेर पनि अरुलाई ठुलो साइजको फाइल पठाउन सकिन्छ ।