कीवर्डहरू -

सामसङ ग्यालेक्सी ए २२ नेपालमा, कति होला मूल्य ? 

सामसङ ग्यालेक्सी ए २२ नेपालमा, कति होला मूल्य ? 

नेपाली बजारमा सामसङको ग्यालेक्सी ए २२ स्मार्टफोन सार्वजनिक भएको छ । ६.४ इन्च इन्फिनिटी यु डिस्प्ले भएको फोनमा रियर क्वाड क्यामेरा छन् ।

फोनमा ९० हर्जको रिफ्रेस रेट राखिएको छ । ग्यालेक्सी ए २२ मा ६४ मेगापिक्सेल मेन क्यामेरासहित ८ मेगापिक्सेल अल्ट्रा वाइड लेन्स, २ मेगापिक्सेल म्याक्रो लेन्स र २ मेगापिक्सेल डेप्थ लेन्स छन् ।

फोनमा सेल्फीका लागि १३ मेगापिक्सेलको क्यामेरा राखिएको छ । नेपाली बजारमा ग्यालेक्सी ए २२ ६ जीबी र्‍याम र १२८ जीबी स्टोरज भेरियन्टमा उपलब्ध भएको छ ।

१५ वाट फास्ट चार्जिङ सुविधा रहेको ग्यालेक्सी ए २२ मा ५ हजार एमएएचको ब्याट्री रहेको छ । नेपाली बजारमा सामसङ ग्यालेक्सी ए २२ को मूल्य २७ हजार ९९९ रूपैयाँ तोकिएको छ ।