कीवर्डहरू -

टेस्लाले सार्वजनिक गर्‍यो फुल सेल्फ ड्राइभिङ भर्सन ९ बेटा

टेस्लाले सार्वजनिक गर्‍यो फुल सेल्फ ड्राइभिङ भर्सन ९ बेटा

टेस्लाले फुल सेल्फ ड्राइभिङ भर्सन ९ बेटा सार्वजनिक गरेको छ । यो एकदमै ठूलो सफ्टवेयर अपग्रेड भएको कम्पनीले जानकारी दिएको छ । द भर्जको रिपोर्ट अनुसार टेस्लाले यो अपडेट अर्ली एक्सेस प्रोग्राम प्रयोगकर्ताका लागि ल्याएको हो ।

यो अपडेट पनि पूर्ण रुपले स्वायत्त भने छैन् । यसले थुप्रै हाईवे भन्दा अरु बाटोमा अटोपाईलट ड्राईभरलाई मद्दत गर्ने खालको अपडेटहरु ल्याएको छ ।

त्यस्तै पहिले रहेको समस्याहरुलाई पनि यो अपडेटले ठिक गरेको छ । त्यस्तै वरिपरीको जानकारी पनि विस्तृत रुपमा पाउन केही अपडेटहरु थपिएका छन् ।

कारले के के देख्छ भनेर पनि चालकले हेर्न पाउने भएका छन् । अपडेटमा क्याबिन क्यामेरा प्रयोग गर्ने फिचर पनि आएको छ जसले गाडी अटोपाईलटमा हुँदा पनि चालकले ध्यान दिन लगाउँछ ।

यो बेटा अपडेट आएता पनि पर्ण रुपले गाडीलाई स्वायत्त रुपमा नछाडनका लागि आह्वान गरेका छन् । यो अपडेटको बारेमा कम्पनीले सन् २०१८ देखिनै छलफल गर्दै आएको थियो । तर अपडेट भने सन् २०२१ मा आउन मात्रै सम्भव भएको छ ।