काठमाडौं । नेपालमा औपचारिक रूपमा सार्वजनिक भएको एक महिनामै जीडब्लूएमको प्रिमियम विद्युतीय एसयूभी ओरा-५ ले उत्साहजनक बजार प्रतिक्रिया पाएको छ । अत्याधुनिक प्रविधि, अन्तर्राष्ट्रियस्तरको सुरक्षा, आकर्षक डिजाइन र प्रिमियम सुविधाका कारण ओरा-५ छोटो समयमै नेपाली ग्राहकको रोजाइमा पर्न सफल भएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सार्वजनिक भएयता ओरा-५ प्रति देशभर उत्साहजनक चासो देखिएको छ । शोरुममा ग्राहकको आगमन, टेस्ट ड्राइभ, सोधपुछ तथा बुकिङ उल्लेखनीय रूपमा बढ्दै गएको कम्पनीको दाबी छ ।
ओरा-५ को मुख्य विशेषता यसको ड्रागन आर्मर ब्याट्री हो, जुन जीडब्लूएमकै ब्याट्री कम्पनी एसभोल्ट इनर्जीले विकास तथा उत्पादन गरेको हो । अन्य धेरै सवारी निर्माता कम्पनीहरू तेस्रो पक्षका ब्याट्री आपूर्तिकर्तामा निर्भर रहँदा जीडब्लूएमले ब्याट्रीको अनुसन्धान, विकास र उत्पादन आफ्नै नियन्त्रणमा राख्दै आएको कम्पनीले जनाएको छ । यसले ब्याट्रीको गुणस्तर, सुरक्षा र कार्यसम्पादनमा थप विश्वसनीयता प्रदान गर्ने विश्वास कम्पनीको छ ।
ड्रागन आर्मर ब्याट्रीमा ड्रागनको खप्टाजस्तो संरचनाबाट प्रेरित विशेष डिजाइन प्रयोग गरिएको छ । थर्मल रनअवे जस्तो दुर्लभ अवस्थामा पनि तापलाई यात्रु बस्ने भागबाट बाहिरतर्फ सुरक्षित रूपमा प्रवाह गर्ने संरचना यसमा रहेको कम्पनीको दाबी छ । साथै पाँच तहको सुरक्षा प्रणालीले आगो, पानी, ठक्कर तथा अन्य चुनौतीपूर्ण अवस्थाबाट अतिरिक्त सुरक्षा प्रदान गर्ने जनाएको छ ।
‘डिजाइन्ड विथ इन्टेलिजेन्स, सेप्ड बाइ एलिगेन्स’ अवधारणामा विकास गरिएको ओरा-५ ले २०२५ लन्डन डिजाइन अवार्ड्सअन्तर्गत ‘डिजाइन अफ द इयर’ (अटोमोबाइल/भेहिकल्स) सम्मान समेत प्राप्त गरेको छ ।
ओरा-५ मा ५२० किलोमिटरको ड्राइभिङ रेन्ज, २०० एमएम ग्राउन्ड क्लियरेन्स, कफी ओएस-३ स्मार्ट ककपिट, कफी पाइलट अल्ट्रा इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम, २० भन्दा बढी एडास फिचर, ३६० डिग्री सराउन्ड भ्यु क्यामेरा, १८० डिग्री च्यासिस भ्यु क्यामेरा, सेल्फ-हिलिङ पेन्ट टेक्नोलोजी, प्यानोरामिक मुनरुफ, प्रिमियम इन्टेरियर तथा सातवटा एयरब्याग जस्ता सुविधा छन् । साथै यसले फाइभ-स्टार युरो एनक्याप र फाइभ-स्टार एएनक्याप सुरक्षा रेटिङ पनि प्राप्त गरेको छ ।
नेपालमा ओरा-५ को मिड भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रूपैयाँ तथा टप भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रूपैयाँ तोकिएको छ । नेपालका लागि जीडब्लूएमको आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रालिले ओरा-५ प्रति देखिएको उत्साहजनक प्रतिक्रियाले नेपाली ग्राहक विश्वस्तरमा प्रमाणित विद्युतीय सवारीप्रति आकर्षित भइरहेको पुष्टि गरेको जनाएको छ । यसले नेपालको विद्युतीय सवारी बजारप्रति कम्पनीको विश्वास अझ बलियो बनाएको पनि कम्पनीले उल्लेख गरेको छ ।
विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रमा उपस्थिति, ३५ वर्षको अनुभव र एक करोडभन्दा बढी सवारी बिक्री गरिसकेको जीडब्लूएमले निकट भविष्यमै हाभल जोलियन म्याक्स ईभी र अल-न्यु हाभल एच-७ पनि नेपाली बजारमा ल्याउने तयारी गरेको जनाएको छ ।
आईसीटी समाचार