कीवर्डहरू -

इसेवा मनि ट्रान्सफर र इन्टेल एक्स्प्रेसबीच सम्झौता, युरोपबाट रकम पठाउन अझ सहज

इसेवा मनि ट्रान्सफर र इन्टेल एक्स्प्रेसबीच सम्झौता, युरोपबाट रकम पठाउन अझ सहज

रेमिट्यान्स बजारमा तिब्र गतिमा बजार विस्तार गरिरहको इसेवा मनि ट्रान्सफर र युरोपबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको जर्जिया स्थित इन्टेल एक्स्प्रेसबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।

सम्झौतासँगै युके, ग्रिस, साइप्रस, जर्जिया र इटलीमा रहेका नेपालीहरूलाई रेमिट्यान्स पठाउन अझ सहज भएको छ ।

यससँगै इन्टेल एक्स्प्रेस मार्फत पठाएको रेमिट्यान्स नेपालमा रहेका इसेवा मनि ट्रान्सफरका ८ हजार भन्दा बढी एजेन्ट नेटवर्क मार्फत सहजै पाउन  सकिन्छ भने इसेवा वालेटमा समेत रकम लोड गर्न सकिनेछ ।

इन्टेल एक्स्रप्रेस विश्वव्यापी रेमिट्यान्स् कारोबार गर्ने कम्पनी हो । सन् २००६ मा जर्जियामा स्थापना भएको यो कम्पनी जर्जियाको पहिलो रेमिटे्यान्स् कम्पनी हो, जसले इयु, बेलायत, जर्जिया, युक्रेन, सोभियत पश्चात् अन्य राज्यहरू लगायत ५० बढि राज्यमा रेमिट्यान्स् कारोबार गर्दछ ।

यसका ग्रीस, बेलायत, इटाली, र जर्जियामा आफ्नै कार्यालयमार्फत सेवा दिँदै आएको छ । यसका साथै विश्वभर विभिन्न बैंक तथा मनी ट्रान्स्फरमार्फत सेवा दिँदै आएको छ ।

इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विप्रेषण रकम भित्राउँदै आएको छ ।

इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई ८००० भन्दा बढी एजेन्ट सञ्जाल मार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।