कीवर्डहरू -

गूगल अकाउन्टको प्रोफाइल पिक्चर कसरी परिवर्तन गर्ने ? 

गूगल अकाउन्टको प्रोफाइल पिक्चर कसरी परिवर्तन गर्ने ? 

तपाई हामी धेरैले गूगल अकाउन्ट प्रयोग गर्छौं । जीमेल, युट्युब लगायतका गूगलका अन्य सेवा प्रयोग गर्न गूगल अकाउन्ट आवश्यक पर्छ ।

गूगलले आफ्नो अकाउन्टमा प्रोफाइल फोटो राख्न मिल्ने फिचर दिएको हुन्छ । कहिलेकाही फोटो पुरानो भएर वा अन्य कुनै कारणले उक्त प्रोफाइल फोटो परिवर्तन वा हटाउनुपर्ने हुन्छ ।

गूगल अकाउन्टबाट प्रोफाइल हटाउन वा परिवर्तन सजिलो छ तर थाहा नभएका व्यक्तिलाई भने यो प्रक्रिया झन्झट लाग्न सक्छ । त्यसकारण आज हामी गूगल अकाउन्टको प्रोफाइल कसरी परिवर्तन गर्ने वा हटाउने भने जानकारी दिदैछौं ।

डेक्स्टपमा कसरी गर्ने ?

डेक्स्टपका लागि सर्वप्रथम कुनै पनि ब्राउजरमा गएर अकाउन्ट्स डट गूगल डटकम खोल्नुपर्छ र लग इन नगरेको भएमा लगइन गर्नुपर्छ । त्यसपछि बायाँ भागमा रहेको साईडबारमा क्लिक गरेर पसर्नल इन्फोमा क्लिक गर्नुपर्छ ।

त्यसपछि तल सम्म स्क्रोल गरेर चुज ह्वाट अदर्स सी अप्सनमा गएर अबाउट मी मा जानुपर्छ । त्यसपछि प्रोफाइल पिक्चर को अप्सनमा क्लिक गर्नुपर्छ ।

त्यसपछि रिमुभ बटन मा क्लिक गरेर प्रोफाइल पिक्चर डिलिट गर्न सकिन्छ । नयाँ प्रोफाइल पिक्चर राख्न चेन्जमा थिच्नुपर्छ ।

एन्ड्रोइडमा कसरी गर्ने ?

सर्वप्रथम मोबाइलको सेटिङ्गमा गएर गूगल अप्सन सम्ममा स्क्रोल गर्नुपर्छ । त्यसपछि म्यानेज योर गूगल अकाउन्ट भन्ने अप्सनमा जानुपर्छ र पर्सनल इन्फो ट्याबमा थिच्नुपर्छ ।

यसपछि स्क्रोल गरेर अबाउट मी मा जानुपर्छ र प्रोफाइल पिक्चरको अप्सनमा क्लिक गर्नुपर्छ । यति गरेपछि म्यानेज योर प्रोफाइल पिक्चर अप्सनमा गएर रिमुभ बटनमा थिच्नुपर्छ ।

एन्ड्रोइडमा प्रोफाइल पिक्चर परिवर्तन गर्दा पहिले ईमेज हटाएर एड अ प्रोफाइल पिक्चर अप्सनमा क्लिक गर्नुपर्छ ।