कीवर्डहरू -

ब्रान्सनले पुरा गरे पहिलो अन्तरिक्ष यात्रा, अन्तरिक्षसम्म नपुगेको ब्लु ओरिजिनको दावी (भिडिओ)

ब्रान्सनले पुरा गरे पहिलो अन्तरिक्ष यात्रा, अन्तरिक्षसम्म नपुगेको ब्लु ओरिजिनको दावी (भिडिओ)

रिचार्ड ब्रान्सनले आफ्नो पहिलो अन्तरिक्ष यात्रा सफलता पूर्वक सम्पन्न गरेका छन् । ब्रान्सनको कम्पनी भर्जिन ग्यालाक्टिक स्पेसशीप मार्फत उनी आईतबार अन्तरिक्ष यात्रामा गएका थिए ।

यसको क्रयूको रुपमा रिचार्ड ब्रान्सनसँगै बेथ मोसेज, कोलिन बेनेट र श्रिसा बाण्डला रहेका थिए । स्पेसशीप टू युनिटीमा बसेर रिचार्ड ब्रान्सन मिशन विशेषज्ञको रुपमा अन्तरिक्षमा गएका थिए ।

उनी हिजो नेपाली समयानुसार ६ः४५ मा अन्तरिक्षका लागि उडानमा गएका थिए । अमेजनको ब्लु ओरिजिनले भर्जिन ग्यालाक्टिक अन्तरिक्ष सम्म नपुगेको दावी गरिरहेको छ ।

भर्जिन ग्यालाक्टिकले ५३.४ माइल उचाई सम्म पुगेको थियो तर कार्मान लाइन (अन्तरिक्षको सिमा) भने ६२ माइलमा रहेको छ ।

कार्मान लाइन बेजोसले मात्रै पार गर्ने दावी गरिएको छ । तर यो उडान भर्जिन ग्यालाक्टिकका लागि एकदमै ठूलो उपलब्धि भएको बताइएको छ ।

यो उडान पछि पनि दुई ओटा अझै परिक्षण गरिनेछ र सन् २०२२ देखि व्यवसायिक उडान सुरु गर्ने कम्पनीको योजना रहेको छ ।