कीवर्डहरू -

गूगल म्यापबाट यसरी शेयर गर्नुहोस् रियल टाइम लोकेसन

गूगल म्यापबाट यसरी शेयर गर्नुहोस् रियल टाइम लोकेसन

आजभोलि कुनै ठाउँ जानुपर्‍यो भने धेरैले गूगल म्यापको प्रयोग गर्छन् । आफुले थाहा नपाएको लोकेसन थाहा पाउन होस् वा अन्य कामका लागि गूगल म्यापको प्रयोग धेरै हुने गरेको छ । गूगल म्यापले गर्दा धेरै काम सहज पनि भएको छ ।

के तपाईलाई थाहा छ ? गूगल म्याप मार्फत रियलटाइम लोकेसन पनि शेयर गर्न मिल्छ । तपाई जुन ठाउँमा हुनुहुन्छ सो ठाउँको लोकेसन अरूलाई शेयर गर्न सक्नुहुन्छ ।

यसका लागि शुरूमा आफ्नो मोबाइलमा गूगल म्याप डाउनलोड गर्नुपर्ने हुन्छ । एन्ड्रोइड फोनमा गूगल म्याप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् भने आईओएसमा गूगल म्याप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

डाउनलोड गरेपछि गूगल म्याप खाल्नुहोस् र साइन इन गर्नुहोस् । साइन इन गरेपछि माथिल्लो दाँया भागमा रहेको प्रोफाइल पिक्चरमा थिच्नुहोस् । यति गरेपछि लोकेसन सेयरिङमा थिच्नुहोस् । त्यसपछि शेयर लोकेसनमा क्लिक गर्नुहोस् ।

शेयर लोकेसनमा क्लिक गरेपछि कसलाई रियल टाइम लोकसन पठाउने त्यो व्यक्तिलाई छान्नुहोस् र पठाउनुहोस् ।

साथै रियल टाइम लोकसनको लिंक कपी गरेर अन्य माध्यमबाट पनि लोकेसन शेयर गर्न सकिन्छ । लोकेसन शेयर गर्दा उक्त लोकसेन कति समयका लागि शेयर गर्ने, सो समय निश्चित समेत गर्न सकिन्छ ।