कीवर्डहरू -

आईफोनमा उपलब्ध भयो नागरिक एपको नयाँ अपडेट, आफ्नो सवारीसाधन र करको जानकारी हेर्न सकिने

आईफोनमा उपलब्ध भयो नागरिक एपको नयाँ अपडेट, आफ्नो सवारीसाधन र करको जानकारी हेर्न सकिने

आईओएसका लागि नागरिक एपले नयाँ अपडेट सार्वजनिक गरेको छ । नागरिक एपको पछिल्लो आईओएस भर्सन १.९.८ एप स्टोरमा उपलब्ध भएको छ ।

अब आईफोन प्रयोगकर्ता एप स्टोरमा गएर नागरिक एपको नयाँ अपडेट डाउनलोड गर्न सक्ने छन् । नागरिक एपका अनुसार नयाँ अपडेटमा आफ्नो सवारीसाधनको जानकारी हेर्न, बाँकी तिर्नुपर्ने कर र तिरिसकेको कर बारे जानकारी लिन सकिने छ ।

नागरिक एपको एन्ड्रोइड संस्करणमा यो सुविधा यसअघि नै उपलब्ध भइसकेको छ । अब नागरिक एपबाट सवारीसाधनको कर तिर्न र नवीकरण गर्न सकिने छ ।

एपमा पहिलो चरणमा बागमती प्रदेश (बागमती र नारायणी अञ्चल) का सवारीसाधनको कर तिर्न तथा नवीकरण गर्न सकिने छ । त्यसपछि क्रमश अरू प्रदेश पनि थप्दै जाने नागरिक एपको योजना रहेको छ ।