कीवर्डहरू -

साओमीले सार्वजनिक गर्‍यो ६७ वाटको फास्ट चार्जर, सबै खालका डिभाइसमा प्रयोग गर्न सकिने

साओमीले सार्वजनिक गर्‍यो ६७ वाटको फास्ट चार्जर, सबै खालका डिभाइसमा प्रयोग गर्न सकिने

साओमीले भारतमा ६७ वाटको सोनिक चार्ज ३.० फास्ट चार्जर सार्वजनिक गरेको छ । सबैखाले डिभाइसमा यो चार्जर प्रयोग गर्न सकिने छ ।

६७ वाटको फास्ट चार्जरमा १ मिटर लामो युएसबी टाइपसी केबल दिइएको छ । यो सेतो रंगमा उपलब्ध हुनेछ । यसले ५ हजार एमएएचको ब्याट्री ३६ मिनेटमै फुल चार्ज गर्ने कम्पनीको दावी छ ।

स्मार्टफोन, ल्यापटप, फिटनेस ट्र्याकर, स्मार्टवाच तथा ट्याबलेटसहित अन्य युएसबी टाइपसी सपोर्ट गर्ने डिभाइसहरुमा यो चार्जिङ प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

चार्जरले १०० देखि १२० भोल्टको इनपुट लिन्छ र ६७ वाटको आउटपुट प्रदान गर्छ । भारतीय बजारमा ६७ वाटको फास्ट चार्जरको मूल्य १ हजार ९९९ भारतीय रुपैयाँ तोकिएको छ ।