कीवर्डहरू -

अब विश्वका सय देशमा युट्युब शर्ट्स उपलब्ध

अब विश्वका सय देशमा युट्युब शर्ट्स उपलब्ध

युट्युब शर्ट्स विश्वका सय देशमा उपलब्ध भएको छ । गत वर्ष भारतमा र सन् २०२१ मा अमेरिकामा बेटा भर्सन उपलब्ध गराएपछि अब युट्युबले आफ्नो टिकटक जस्तो फिचरलाई विश्वका सय अरु देशमा पनि उपलब्ध गराउने भएको छ ।

कम्पनीले शर्ट्स फिचर ल्याउँदा सबैले शर्ट्स हेर्न सक्छन् । तर केही देशले मात्रै शर्ट्स खिच्ने र एडिट गर्ने टूलहरुको पहुँच पाएका थिए ।

अब भने यो सबै फिचर युट्युबले सबै प्रयोगकर्तालाई दिने भएको छ । महिनौँसम्म परीक्षण गरेपछि युट्युबले जुलाई देखि सबै प्रयोगकर्तालाई तीन मिनेटसम्म लामो भिडियो रेकर्ड गर्न दिने भएको छ ।

यसले प्रयोगकर्ताहरुलाई खानेकुराको र मेकअपको भिडियो बनाउन सजिलो हुने कम्पनीको विश्वास रहेको छ ।