कीवर्डहरू -

डिशहोमको ‘खुशीको कनेक्सन’ अभियान अन्तर्गत भिडियो सार्वजनिक (भिडियोसहित)

डिशहोमको ‘खुशीको कनेक्सन’ अभियान अन्तर्गत भिडियो सार्वजनिक (भिडियोसहित)

डिशहोमले आफ्नो ‘खुशीको कनेक्सन’ अभियान अन्तर्गत भिडियो सार्वजनिक गरेको छ । डिशहोम र खुसीलाई एक अर्काको पर्याय बनाउँदै विकास गरिएको यस भिडियोमा भर्खरै विवाह भएर नयाँ घर प्रवेश गरेकी एक दुलहीको मनोदशा, नयाँ सम्बन्धको संकोच र नयाँ वातावरणको असहजताका देखाइएको छ ।

यी सबैका बीच अवस्था सामान्य, सम्बन्धमा मिठास र वातावरण मनोरम बनाउन उक्त घरमा डिसहोमको भूमिकाका बारेमा चित्रण गरिएको छ ।

आफ्नो माइतीघरमा जस्तै कर्मघरमा पनि डिसहोमको छाता देखि नव दुलही केही हदसम्म प्रसन्न हुन्छिन् । नयाँ ठाउँमा उनका लागि त्यो क्षण तत्काल खुशीको कनेक्सनमा परिवर्तित हुन्छ ।

लोकप्रिय गायक अमित बरालको ‘म तिम्रै हुँ’ गीतमा लयबद्घ यस अभियानमा नयाँ परिवेशमा नवविवाहित जोडीबीच डिशहोम संगै कसरी सहजता र आत्मीयता बढ्दै जान्छ भनी प्रस्तुत गरिएको छ ।

नौ वटा स-साना भागहरुलाई एउटै भिडियोमा समायोजन गरिएको यस योजनामा डिसहोमका आश्चर्यजनक विशेषताहरु जस्तै क्युएचडी पिक्चर क्वालिटी, पीपीभी, पीभीआर, एक्सभीओडी , डिशहोम गो एप र वेब विशेष सामग्रीहरु र ग्राहक सेवासंग लिंक गरिएका छन् ।

डिशहोमका लागि विज्ञापन एजेन्सी मार्सले यस अभियानको अवधारणा तयार गरेको हो । उच्च प्रविधीका साथ तयार गरिएको यो व्यवसायिक योजना मनोरन्जनात्मक रहेको छ ।

स्लीक शटहरु, क्यामेराको चाल र सुमधुर संगीतले यो अभियानलाई गहकिलो बनाएको कम्पनीले जनाएको छ ।  यस ब्रान्ड अभियानको प्रसारण दुवै डिजिटल तथा परम्परागत प्लेटफर्महरुमा गरिने डिशहोमले बताएको छ ।

भिडियो