कीवर्डहरू -

नयाँ ड्राइभ फर डेक्स्टप एपमा फाइल तथा फोल्डर कसरी सिंक गर्ने ?

नयाँ ड्राइभ फर डेक्स्टप एपमा फाइल तथा फोल्डर कसरी सिंक गर्ने ?

गूगलले फाइल र फोटोहरु सिंक गर्न नयाँ ड्राइभ फर डेक्स्टप एप सार्वजनिक गरेको छ । यसले ड्राइभ प्रयोगकर्ताहरुलाई फाइल ब्याकअप गर्न र सिंक गर्न मद्दत पुर्‍याउँछ ।

कम्पनीले यो नयाँ ड्राइभ डेक्स्टप एप म्याक र विन्डोजका लागि रोल आउट गरिरहेको छ । ड्राइभ डेक्स्टप एप ब्याक एण्ड सिंक एप र ड्राइभ फाइल स्ट्रिमको सट्टामा आउने भएको हो ।

यसमा तपाईले गूगल फोटोज र ड्राइभको फोटोहरुलाई अपलोड र सिंक गर्न सक्नुहुनेछ । त्यस्तै डेक्स्टप र डकुमेन्ट जस्ता लोकल फाइललाई पनि तपाईले सिंक गर्न सक्नुहुनेछ ।

तपाइले ड्राइभ डेक्स्टप एपले माईक्रोसफ्ट अफिस फाइल कसले एडिट गरिरहेको छ भनेर पनि देख्न सक्नुहुनेछ ।

अक्टोबर १ देखि ब्याक एण्ड सिंक एप चल्न बन्द हुने हुँदा आज हामी ड्राइभ डेक्स्टप एपमा फाइलहरु कसरी सिंक गर्ने भन्ने बारे जानकारी दिदैछौं ।

कसरी गर्ने सिंक ?

सर्वप्रथम तपाईले आफ्नो पिसी वा म्याकमा ड्राइभ फर डेस्कटप एप डाउनलोड गर्नुपर्ने हुन्छ । डाउनलोड गर्न शुरूमा यहाँ क्लिक गर्नुहोस् । त्यसपछि त्यहाँ देखिए अनुसार विन्डोज र म्याकका लागि ड्राइभ फर डेक्स्टप डाउनलोड गर्न सकिने छ ।

इन्स्टल भईसकेपछि साइन इन विथ ब्राउजर भन्ने अप्सनमा क्लिक गर्नुपर्छ र आफ्नो गूगल अकाउन्ट को विवरण प्रयोग गरेर लग इन गर्नुपर्छ ।

त्यसपछि स्क्रीनमा आएको निर्देशन अनुसारले सेट अप प्रक्रिया पूर्ण गर्नुपर्छ । सबै सेट अप सम्पन्न गरिसकेपछि तपाईले पिसी भएमा दिस पिसी सेक्सन र म्याक भएमा डेस्कटप मा नयाँ फोल्डर पाउन सक्नुहुनेछ ।

यति गरेपछि दिस पिसी सेक्सन मा गएर गूगल ड्राइभ मा क्लिक गर्नुपर्छ र फाइल र फोल्डरलाई त्यहाँ पेस्ट गर्नुपर्छ । यस्तो गरेपछि ती फाइलहरु आफै सिकं हुन्छ र कतैबाट पनि पहुँच पाउन सकिन्छ ।

ड्राइभ फर डेक्स्टपको मद्दतले फाइलहरु अफलाइन उपलब्ध कसरी गराउने ?

यसका लागि सर्वप्रथम तपाइले गूगल ड्राइभ मा जानुपर्छ र कुन फाइललाई अफलाइन बनाउनुछ त्यहाँ जानुपर्छ ।

त्यसपछि राईट क्लिक गरेर अफलाइन एक्सेस सबमेन्यु को अन्तर्गत अभाइलेबल अफलाइन भन्ने अप्सन छान्नुपर्ने हुन्छ ।