कीवर्डहरू -

नेटफ्लिक्सले अभिभावकलाई हप्तामा दुई पटक बालबालिकाले के के हेर्दै छन् भनेर सूचित गराउने

नेटफ्लिक्सले अभिभावकलाई हप्तामा दुई पटक बालबालिकाले के के हेर्दै छन् भनेर सूचित गराउने

नेटफ्लिक्सले अभिभावकहरुलाई हप्तामा दुई पटक ईमेल पठाएर उनको बालबालिकाले के हेर्दै छन् भनेर सूचित गराउने भएको छ । चिल्ड्रेन प्रोग्रामिङ अन्तर्गत नेटफ्लिक्सले यो सुविधा ल्याएको हो ।

यसमा अभिभावकले बालबालिकालाई के कस्तो कुरा मनपर्छ र प्यारेन्टल कन्ट्रोल अझै कसरी बढाउन सकिन्छ भनेर थाहा पाउन सक्छन् । यो फिचर जुलाई १६ देखि किड प्रोफाइल बनाईदिने अभिभावकले प्रयोग गर्न सक्छन् ।

त्यस्तै नेटफ्लिक्सले आज देखि किड्स र फ्यामिली प्रोफाइलमा शीर्ष दश चर्चित बालबालिको शो र फिल्महरु देखाउन नयाँ लिडरबोर्ड पनि सार्वजनिक गरेको छ ।

यो लिडर बोर्डलाई नेटफ्लिक्सले २०८ मिलियन ग्राहकले विभिन्न ९३ ओटा देशमा केके हेर्दै छन् भन्ने आधारमा दैनिक रुपमा अपडेट गर्नेछ ।

प्रयोगकर्ताहरुले यो फिचर किड्स होमपेजको शीर्ष १० बाट पाउन सक्नेछन् अथवा मेन्यु बारमा रहेको न्यू एण्ड पपुलर भन्ने सेक्सनबाट पनि पाउन सक्नेछन् ।