कीवर्डहरू -

डिजिटल यौन अपराधसम्बन्धी सूचना बाहिरिएपछि गुगलमाथि दक्षिण कोरियामा अनुसन्धान

डिजिटल यौन अपराधसम्बन्धी सूचना बाहिरिएपछि गुगलमाथि दक्षिण कोरियामा अनुसन्धान

काठमाडौं । डिजिटल यौन अपराधसम्बन्धी सामाग्री हटाउन गुगललाई गरिएका अनुरोधसँग जोडिएका संवेदनशील विवरण बाह्य वेबसाइटमा सार्वजनिक भएको खबरपछि दक्षिण कोरियाको व्यक्तिगत सूचना संरक्षण आयोगले गुगलमाथि अनुसन्धान थालेको छ ।

आयोगले घटनाबारे तथ्य संकलन गर्न गत ७ सेप्टेम्बरमा गुगलसँग आवश्यक जानकारी मागेको जनाएको छ । आयोगको अनुसन्धान अहिले ती विवरण कसरी बाहिरिए र सार्वजनिक हुन पुगे भन्ने विषयमा केन्द्रित छ ।

अनुसन्धानका क्रममा पिआईपिसीले सार्वजनिक भएको सूचनाको प्रकृति र त्यसमा समावेश संवेदनशील व्यक्तिगत जानकारीको दायरा पहिचान गरिरहेको छ । त्यस्तै, उक्त जानकारी कति समयसम्म बाह्य रूपमा उपलब्ध थियो भन्ने विषयमा समेत छानबिन भइरहेको छ ।

आयोगले डिजिटल यौन अपराधसम्बन्धी सामग्री हटाउन गरिएका अनुरोधसँग सम्बन्धित विवरण बाहिरिनुको कारण र त्यसमा गुगलको सूचना व्यवस्थापन प्रक्रियाको भूमिका रहे नरहेको पनि अध्ययन गरिरहेको छ ।

दक्षिण कोरियामा व्यक्तिगत तथा संवेदनशील डिजिटल सूचनाको संरक्षणलाई लिएर नियामक निकायले पछिल्लो घटनालाई गम्भीर रूपमा लिएको देखिएको छ । अनुसन्धानबाट तथ्य स्पष्ट भएपछि गुगलको सूचना व्यवस्थापन तथा व्यक्तिगत जानकारी संरक्षणसम्बन्धी प्रक्रियाबारे थप निर्णय हुन सक्नेछ ।