कीवर्डहरू -

सन् २०२१ को आईफोनमा अल्वेज अन डिस्प्लेको फिचर हुने

सन् २०२१ को आईफोनमा अल्वेज अन डिस्प्लेको फिचर हुने

आगामी आईफोनमा अल्वेज अन डिस्प्लेको फिचर हुने पाइएको छ । नाइन टू फाइभ म्याक नोट्स र ब्लुमबर्गका अनुसार सन् २०२१ को आईफोनम एप्पल वाचमा जस्तै अल्वेज अन डिस्प्लेका साथमा आउनेछ । यसमा ब्याट्री लाइफमा पनि अझै प्रगति गरिने भएको छ ।

यसमा १२० हर्जको रिफ्रेस रेट पनि हुनेछ । त्यस्तै यसमा सानो स्क्रीन नच, एउटा ए १५ चिप र भिडियो रेर्कडिङमा पनि भिडियो अपग्रेड हुनेछ ।

यसमा लो टेम्प्रेचर पोलिक्रिस्टालाइन अक्साईड (एलटिपिओ) प्यानेल पनि प्रयोग गरिने छ । अल्वेज अन डिस्प्लेका कारणले बाहिरबाटै नोटिफिकेसन, ब्याट्री लाइफ र क्लक हेर्न सक्छौँ ।

ब्लुमबर्गले सन् २०२१ को तेस्रो भागमा एप्पलले मिनी एलईडी भएको ल्यापटप धेरै मात्रामा उत्पादन गर्ने पनि बताएको छ र सेपटेम्बर र नोभेम्बर बिचमा सार्वजनिक गर्ने भएको छ ।