कीवर्डहरू -

प्राधिकरणले तीन ठाउँमा मोबाइल र कम्प्युटर मर्मत तालिम संचालन गर्ने 

प्राधिकरणले तीन ठाउँमा मोबाइल र कम्प्युटर मर्मत तालिम संचालन गर्ने 

नेपाल दूरसञ्चार प्राधिकरणले प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने हेतुले मोबाइल र कम्प्युटर मर्मत तालिम संचालन गर्ने भएको छ ।

प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ को वार्षिक कार्यक्रममा तीन ठाउँमा त्यस्ता तालिम संचालन गर्ने योजना बनाएको छ ।

प्राधिकरणले सीटीईभीटीसँग समन्वय गरेर उक्त तालिम सञ्चालन गर्न लागेको हो । तीन ठाउँमा सञ्चालन हुने उक्त तालिमको लागि प्राधिकरणले ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यस तालिम कार्यक्रमबाट दक्ष जनशक्ति तयार गर्न सहयोग पुग्ने प्राधिकरणको भनाइ छ ।