कीवर्डहरू -

इसेवा मनि ट्रान्सफर र कुवेत इण्डियनबीच सम्झौता, रेमिट्यान्स पठाउन सजिलो 

इसेवा मनि ट्रान्सफर  र कुवेत इण्डियनबीच सम्झौता, रेमिट्यान्स पठाउन सजिलो 

इसेवा मनि ट्रान्स्फर र कुवेतलाई आधार बनाएर रेमिट्यान्स् कारोबार गर्दै आएको कुवेत इण्डिया इन्टरनेशनल एक्स्चेञ्जबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै कुवेतमा रहेका नेपालीहरूलाई रेमिट्यान्स् पठाउन अझ सहज भएको छ ।

कुवेतमा रहेका नेपालीहरूले कुवेत इण्डिया इन्टरनेशनलमार्फत नेपालका कुनै पनि बैंक खातामा  तथा इसेवा वालेटमा कम लागतमा रकम पठाउन सक्नेछन् । साथै कुवेतमा रहेका  कुवेत इण्डिया इन्टरनेशनलका ८ वटा शाखा तथा मोबाईल भ्यान मार्फत पनि नगद रेमिट्यान्स् पठाउन सकिन्छ ।

मोबाईल भ्यान रकम पठाउने व्यक्तिको घर घरमा पुग्नेछ । उक्त रकम नेपालमा रहेका इसेवा मनि ट्रान्स्फरका ८ हजार भन्दा धेरै एजेन्ट नेटवर्कमार्फत प्राप्त गर्न सकिन्छ भने सिधै इसेवा खातामा लोड गर्न पनि सकिन्छ ।

कुवेत इण्डिया इन्टरनेशनल एक्स्चेञ्ज १९७९ मा स्थापित कुवेतको केन्द्रिय बैंकबाट अनुमति प्राप्त रेमिट्यान्स् कम्पनी हो । जसले स्मार्ट वित्तीय सेवाका साथ रेमिट्यान्स्, मुद्रा विनियम जस्ता सेवाहरू दिँदै आएको छ । वर्षौँदेखिको उत्कृष्ट सेवाका कारण कम्पनी कुवेतको एक अग्रणी वित्तीय सेवा प्रदायकका रूपमा अगाडी बढेको छ ।