कीवर्डहरू -

एप्पलले सार्वजनिक गर्‍यो आईफोन १२ का लागि आईओएस १४.७

एप्पलले सार्वजनिक गर्‍यो आईफोन १२ का लागि आईओएस १४.७

एप्पलले आईफोन १२ का लागि आईओएस १४.७ सार्वजनिक गरेको छ । आजदेखि आईओएस १४.७ डाउनलोड गर्न मिल्ने जुनसुकै डिभाइसका लागि पनि आईओएस १४.७ सार्वजनिक भएको छ ।

यसमा नयाँ अपडेटको रुपमा म्याग सेफ ब्याट्री प्याक रहेको छ । आईओएस १४.७ अपडेटमा कम्बाइन्ड क्रेडिट सिमासम्ममा सह–स्वामित्व भएको दुई ओटा एप्पल कार्ड मर्ज गर्न पनि सकिन्छ ।

होम एपमा अब होमप्याड टाइमरलाई पनि व्यवस्थापन गर्न सकिने भएको छ । क्यानेडा, फ्रान्स, ईटली, नेदरल्याण्ड, दक्षिण कोरिया र स्पेनको प्रयोगकर्ताहरुले वेदर एण्ड म्याप भन्ने एपमा हावाको गुणस्तरीयताको विवरण पनि थाहा पाउन सक्छन् ।

पोडकास्ट लाइब्ररीमा फिल्टर पनि आएको छ जसले सबै शोहरु वा तपाईले फलो गर्ने शोहरु मात्रै हेर्न दिन्छ । यो अपडेटलाई तपाईले सेटिङ्ग एपमा गएर जेनेरल भन्ने अप्सनमा थिचेर सफ्टवेयर अपडेटमा थिच्नुपर्छ ।