कीवर्डहरू -

आन्दोलनमा उत्रिए टेलिकम कर्मचारी, थुनिए प्रबन्ध निर्देशक

आन्दोलनमा उत्रिए टेलिकम कर्मचारी, थुनिए प्रबन्ध निर्देशक

नेपाल टेलिकमका कर्मचारी आन्दोलनमा उत्रेका छन् । आफ्ना माग पुरा नगरेको भन्दै उनीहरुले मंगलबार धर्ना र टेलिकम प्रबन्ध दिर्नेशक डिल्लि अधिकारीलाई कार्यकक्ष मै थुनेका छन् ।

उनीहरुले पहिलेदेखि कर्मचारी विनियमावली-२०६१ संशोधनको माग गर्दै आएका थिए । त्यसलाई संसोधन नगरेर आलटाल गरेको भन्दै धर्ना र थुन्नेसम्मका काम गरेका हुन् ।

रातभर कार्यलयमा थुने पनि बुधबार विहान भने प्रवन्ध निर्देशक घर फिर्किसकेका छन् ।

तल्लो तहका कर्मचरीको बढुवामा असर गर्ने विनियमावलीलाई संसोधन गर्नु पर्ने मागसहित आन्दोलनमा उत्रिएको एक कर्मचारीले बताए । उनका अनुसार व्यवस्थापनले विनियामवली संसोधन गर्ने प्रतिवद्धता दिएको थियो तर त्यसलाई अगाडि बढाउने काम भएन । \"\"

कर्मचारी विनियमावलीलाई पुरानै प्रावधानसहित संसोधनको माग उनीहरुको छ । कर्मचारीकाअनुसार यसअघि प्रबन्ध निर्देशक आफ्नो कार्यकाल सकिएपछि स्वत अवकास हुने प्रवधान थियो । साथै, उप प्रबन्ध निर्देशक ५ वर्ष र निर्देशकहरु ८ वर्षपछि स्वत अवकास हुने व्यवस्था थियो ।

यो व्यवस्थालाई संसोधन गरेर प्रबन्ध दिर्नेशकको कार्यकाल सकिएपछि पहिला आफू कार्यरत तहमा फर्कन सक्ने व्यवस्था गरिएको छ । यो कर्मचारीको बढुवा र प्रगतिमा अवरोध गर्ने खालको भएको उनीहरुको भनाइ छ ।

‘माथिल्लो तहमा पुग्ने कर्मचारी पुनः फर्किन्छ भने तलको कर्मचरी कसरी बुढुवा होला,’ ति कर्मचारीले भने ।

-तस्बिरहरु टेलिकम कर्मचारी सुरेश रौनियारको फेसबुकबा