कीवर्डहरू -

ल्यापटप र नोटबुक आयात ४ हजार प्रतिशतले वृद्धि, ७ अर्ब ७७ करोडबढीको भित्रिए

ल्यापटप र नोटबुक आयात ४ हजार प्रतिशतले वृद्धि, ७ अर्ब ७७ करोडबढीको भित्रिए

मुलुकमा कोरोना संक्रमणसँगै ‘वर्क फ्रम होम’ र अनलाइन कक्षा सञ्चालन भएपछि विभिन्न ग्याजेटको आयात उच्च भएको छ ।

गत वर्ष २०७७/७८ मा ल्यापटप र नोटबुकको आयात उच्च भएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत वर्षको तथ्यांकअनुसार गत वर्ष ७ अर्ब ७७ करोड २३ लाख ५८ हजार रुपैयाँ बराबरको ल्यापटप आयात भएको छ ।

यो त्यसअघिको वर्षको तुलनामा ४ हजार ६ सयभन्दा धेरै प्रतिशतले वृद्धि हो । अघिल्लो वर्ष ल्यापटप र नोटबुकको आयात १६ करोड ४७ लाख ४१ हजार थियो ।