कीवर्डहरू -

समृद्धि फाइनान्सले शुरू गर्‍यो कर्पोरेट पे प्रणाली

समृद्धि फाइनान्सले शुरू गर्‍यो कर्पोरेट पे प्रणाली

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले कर्पोरेट पे प्रणाली शुरू गरेको छ । समृद्धि फाइनान्स साउन ८ गते देखि कर्पोरेट पे सुविधा प्रदान गर्न थालेको हो ।

उक्त सुविधाको प्रयोग गर्दै ग्राहकले रकम ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, राजश्व भुक्तानी तथा अन्य भुक्तानीहरु गर्न सक्नेछन ।

कम्पनीले ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्यूआर कोड, अनलाइन खाता खोल्ने जस्ता डिजिटल सुविधा र आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सुविधाहरु प्रदान गरिरहेको छ ।

हाल पाँच वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको उक्त संस्थाले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ ।