कीवर्डहरू -

अनलाइनबाटै खोप कार्ड प्रमाणीकरण गर्ने तयारी

अनलाइनबाटै खोप कार्ड प्रमाणीकरण गर्ने तयारी

स्वास्थ्य सेवा विभागले अनलाइनबाटै खोप कार्ड प्रमाणीकरण गर्ने तयारी थालेको छ । खोप कार्ड प्रमाणीकरण गर्न लामो लाइन लाग्न थालेपछि विभागले अनलाइनबाटै प्रमाणीकरण गर्ने तयारी थालेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप कार्डको प्रमाणीकरणका लागि चार अस्पताल तोकेको छ ।

हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु र सिभिल अस्पतालबाट पनि खोप कार्ड प्रमाणीकरण गर्न भइरहेको छ ।

खोप लगाइसकेपछि वैदेशिक रोजगारमा जाने र विदेशमा अध्ययन भ्रमणमा जाने विद्यार्थीलाई खोप लगाइसकेपछि खोप कार्डको प्रमाणीकरण अनिवार्य लिनुपर्ने व्यवस्था सरकार र विभिन्न देशले गरेका छन् ।