कीवर्डहरू -

टिकटकमा राष्ट्रपति तथा प्रधानमन्त्रीको ट्रोल भिडियो बनाउने एक जना पक्राउ

टिकटकमा राष्ट्रपति तथा प्रधानमन्त्रीको ट्रोल भिडियो बनाउने एक जना पक्राउ

टिकटकमा राष्ट्रपति तथा प्रधानमन्त्रीको फोटो एडिट गरी ट्रोल भिडिओ बनाउने एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोले राष्ट्रपति तथा प्रधानमन्त्रीको फोटो दूरूपयोग गरी टिकटक बनाउने व्यक्ति पक्राउ गरेको हो ।

फोटो एडिट गरी ट्रोल भिडियो बनाई टिकटकमा भिडियो पोस्ट गरेको अभियोगमा झापास्थित मेचीनगर नगरपालिका वडा नं. ६ बस्ने सोमप्रसाद घिमिरे पक्राउ परेका हुन् ।

उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा पक्राउ गरिएको साइबर ब्यूरोले जनाएको छ ।

ब्युरोका अनुसार घिमिरेमाथि जिल्ला अदालत काठमाडौंको आदेशले ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।